सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती

समाचार

       

काठमाडौं, २६ पुस । पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने गरेका छन् ।

संयुक्त गस्ती टोलीले सीमा स्तम्भ ४९७ देखि ५०२ सम्म संयुक्त गस्ती थालेको हो ।

दुबै देशका स्थानीयवासीले सिमानामै पराल, ढुङ्गाा, माटो, काठ, बालुवाजस्ता सामान राखेर अवरोध गरेको भन्दै गस्तीका क्रममा दुुबै देशका सुरक्षाकर्मीले ती सामग्री हटाएका छन् ।

स्थानीयवासीलाई अबदेखि जथाभावी सामग्री नराख्न सचेत गराइएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीले जनाएको छ ।

गस्तीका क्रममा सीमाको सुरक्षा, सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अतिक्रमण तथा सीमा छेउछाउ बस्दै आएका स्थानीयवासीको सुरक्षा लगायतका विषयमा छलफलसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया