लेखापढी व्यवसायीमा पुनः यादव निर्वाचित

समाचार

       

रौतहट, २६ पुस । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन रौतहटको अध्यक्षमा यादव दोस्रो पटक निर्वाचित भएका छन् ।

बिहीबार भएको छलफलबाट सर्वसहमतिमा नयाँ कार्य समितिको चयन गरिएको छ । निर्विरोध रुपमा चयन भएको १३ सदस्यीय कार्य समितिको अध्यक्षमा उमेश प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा नरेन्द्र प्रसाद श्रीवास्तव, सचिवमा राजदेव सिंह राजपूत, सहसचिवमा भैरो महतो, कोषाध्यक्षमा भागवत राय यादव, सहकोषाध्यक्षमा राजकुमार पंडित, सदस्यहरुमा रामदिनेश सिंह, हरेन्द्र साह, लक्ष्मण राय यादव, दिनेश कुमार यादव, शिव शंकर भगत, राम एकवाल राय यादव, रामबाबू पंडित रहेको निर्वाचन समितिका संयोजक चन्देश्वर प्रसाद राय यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया