नवलपरासीमा विद्यालय जाँदै गरेकी छात्रामाथि चक्कु प्रहार

समाचार

रबिन्द्र यादव

       

नवलपरासी पश्चिम, २६ पुस । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती–सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ ।

चक्कु प्रहारबाट छात्रा सामान्य घाइते भएकी छिन् । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानीय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ ।

साइकलबाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समूहले एक्कासी चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अहिले तिनै अज्ञात व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्ययनरत् छिन् ।

तपाईको प्रतिक्रिया