मिसन डेभलपमेण्ट बैंकको ९औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य

       

बुटवल, २६ पुस । बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेण्ट बैंकले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मंसिर २३ गते बसेको सञ्चालक समीतिको ३०४औं बैठकको निर्णयअनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीको सभाहलमा सम्पन्न गरेको हो ।

लिल बहादुर केसीको अध्यक्षतामा कम्पनी सचिव विष्णु प्रसाद पोखरेलको सञ्चालनमा बिहीबार सम्पन्न साधारण सभाले पाँच वटा सामान्य प्रस्ताव र पाँच वटा विशेष प्रस्ताव पनि पारित गरेको छ ।

जसमा अध्यक्षको आर्थिक बर्ष २०७४/७५ वार्षिक प्रतिवेदन माथि छलफल, लेखाप्रतिवेदन, नगद लाभांस, लेखापरीक्षक नियुक्तिको अख्तियारी, सञ्चालकहरुको निर्वाचन जस्ता सामान्य प्रस्ताव पारित छन् भने, ११ प्रतिशत बोनस सेयर स्वीकृत, कार्य क्षेत्र विस्तारको अख्तियारी, प्रबन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम संशोधन, पारित प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम सरोकारवाला निकायमा प्रस्तुत गर्दा थपघट गर्न वा सच्याउनको लागि अख्तियारी, मर्जरको लागि आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी जस्ता विशेष प्रस्तावहरु पारित गरेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया