विपन्न परिवारलाई राहत वितरण

समाचार

       

सिरहा, २६ पुस । सवरी संकल्प समाज गोलबाजरको पहलमा गोलबाजर नगरपालिका १० स्थित ४४ बिपन्न घर परिवारलाई जाडो छल्न राहत वितरण प्रदान गरिएको छ ।

काठमाण्डौ ३२ नरेफाँट कृष्ण प्रसाद खनाको नेतृत्व ९ सदस्यी टोली गोलबाजर १० का मुसहर समुदायका ४४ घर परिवारलाई जाडो छल्ने कमल, खादन सामग्रीहरु वितरण गरिएको हो ।

सेवा नै धर्म हो , सच्चा धर्म नै समाजिक परिवर्तणको जग हो मुल ध्येयले हामी तराई विपन्न परिवारलाई जाडो छलने कमल र केही खाधन साम्रगी वितरण गरिएको अगुवा कृष्ण प्रसाद खनाले बताए ।

हामी कुनै संघ संस्था नभई एक मानवले मानवतालाई विर्सन हुन र सहयोगको खाचो हुने मानवलाई सहयोग गर्न सके बास्तविक धर्म हुने आत्माबोध गर्दै छाडो छलन रात वितरण गरिएको बताए ।

जाडो छल्न गरिएको राहत वितरण कार्यक्रममा गोलबाजर १० वार्ड अध्यक्ष देव नारायण महतोले काठमाण्डौका नागरिकबाट गरिएको ४४ घर परिवारलाई चिसोबाट बचाउन गरिएको प्रयास सराहनीय रहेको बताए ।

तपाईको प्रतिक्रिया