मन्त्री अधिकारीलाई बर्खास्त गर्न आग्रह

राजनीति

       

काठमाडौं, २६ पुस । नागरिक अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका विषयमा केन्द्रीत रही २०७५ पुस २५ गते इलाममा आमरण अनसन थालेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

डा. केसीले विगतमा पनि यिनै विषयमा केन्द्रीत रही १५ पटक सत्याग्रह गरेको र पटक पटक सरकारले सहमति पनि गरेको पृष्ठभूमीमा सरकारको छलकपट र उदासिनताका कारण डा. केसी पुन आमरण अनसन बस्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुखद रहेको जनाएको छ ।

डा. केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गरी डा. केसीको सत्याग्रहलाई शिघ्र निकास दिन शान्ति समाजले सरकासँग आग्रह गरेको छ ।

यसैगरी वाइडबडी जहाज खरिद प्रकरणमा भएको अर्बौं रुपैयाँ अनियमितता र भ्रष्टाचार घटना सन्दर्भमा घटनाको गहिराईमा पुगि मूल दोषीहरुलाई समेत कानुनी कारबाही गर्न शान्ति समाजले जोडदार आग्रह गरेको छ ।

यस सन्दर्भमा संसदीय समितिमा झुठ बोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शान्ति समाजले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया