‘भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुर्याउन चाहन्छौं’

राजनीति

       

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौं, २७ पुस । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँग अघि बढ्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने नेपालले अपेक्षा राखेको बताएका छन् ।

भारतसँग सबै सहमति कार्यान्वयन गर्नुका अलावा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने नेपालको अपेक्षा रहेको उनले बताए ।

भारतको राजधानी नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयको सहकार्यमा स्वतन्त्र थिंक ट्याङक् ‘अब्जर्भर रिसर्च फाउण्डेशन’ले आयोजना गरेको राइसिना डाइलगमा सम्बोधन गदै मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध व्यापक रहेको चर्चा गरे ।

‘भारत हाम्रो सबभन्दा ठूलो व्यापारिक साझेदार हो । हामीहरू भूगोल, इतिहास, धर्म र संस्कृतिमार्फत जोडिएका छौं’, उनले भने ।

नेपाल र भारतले साझा प्रगति र समृद्धि, थप राम्रो भौतिक सम्पर्क र जनताबीचको थप मजबूत सम्बन्धका दिशामा अघि बढ्न सक्ने मन्त्री ज्ञवालीले भने ।

उनले नेपालको परराष्ट्रनीति सबैसँग मैत्री गर्ने र कसैसँग दुश्मनी नगर्नेमा आधारित रहेको पनि प्रष्ट पारे । यस वर्षको राइसिना डाइलगको विषयवस्तु ‘बदलिँदो विश्व व्यवस्था : नयाँ ज्यामितिहरू, तरल साझेदारीहरू, अनिश्चित परिणामहरू’ रहेको छ ।

भारतको नयाँदिल्लीमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ ।

यसैबीच, भ्रमणका क्रममा उनले भारत सरकारका उच्च अधिकारीसँग भेटघाट गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया