क्लोथ बैंकद्वारा तीन सय ३५ दलित परिवारलाई कम्बल वितरण

समाचार

       

विपन्न महिलालाई कम्बल प्रदान गर्दै क्लोथ बैंकका अध्यक्ष राजीव झा ।

धनुषा, २७ पुस । शीतलहर र चिसोबाट बच्न क्लोथ बैंक धनुषाले बिहीबार विदेह नगरपालिका वार्ड नम्बर–९ र धनौजी गाउँपालिका वार्ड नम्बर २ र ३ को तीन सय ३५ दलित घरधुरीलाई कम्बल बितरण गरेको छ ।

राजपा नेपालका महासचिव राजीव झाको अध्यक्षतामा गठन भएको क्लोथ बैंक धनुषाले चिसोका कारण ज्यान गुमाउन नपरोस् भनी खासगरी दलित तथा गरीब र अति विपन्नहरुलाई कम्बल न्यानो वितरण कार्य सुरु गरेको हो ।

नेपाल सरकारको अवधारणा रहेको प्रहरी पब्लिक साझेदारी कार्यक्रम अनुसार मित्र धनुषा, बृहतर जनकपुर र एन पेब्सन धनुषाको सहयोगमा प्राप्त कम्बल विरणमा धनुषा प्रहरी उपरीक्षक गोबिन्द पराजुली, बृहतर धनुषाको कार्यकारी निर्देशक बलराम ठाकुरको सहभागिता रहेको थियो ।

यसैगरी, क्लोथ बैंक धनुषाको उपाध्यक्ष सुनिल चौधरी, कोषाध्यक्ष सुरेश शर्मा, मित्र धनुषाको अध्यक्ष सुधा कर्ण, पत्रकार तथा लेखक सुजीत झा, एन पेब्सनको धनुषा अध्यक्ष चन्द्र नारायण मंडल मित्र धनुषाको कार्यक्रम प्रमुख राम कुमार कर्ण, प्रहरी निरीक्षक अशोक कुमार झा, जनकपुरको सकृय युवा प्रशन्त झा, राजपा नेपालको स्थानीय नेता उदय पाण्डे, जिवेन्द्र झालगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया