कुम्हार जातिका दुईवटा संस्थाबीच एकीकरण

समाचार

       

काठमाडौं, २७ पुस । राष्ट्रिय स्तरमा विगत दुई दशकभन्दा बढी समयदेखि कुम्हार समाजको हकहित एवं अधिकारका लागि कार्यरत नेपाल प्रजापति (कुम्भकार) संघ र लगभग एक दशकदेखि कार्यरत तराई कुम्हार समाज, नेपाल आ–आफ्नै विशिष्ठ उद्देश्यहरुका साथ अघि बढी रहेको थियो ।

देशव्यापी रुपमा यी दुवै संस्थाको एकताका लागि स्वजातीय बन्धुहरुले अपेक्षा र दबाबलाई उच्च मूल्याङ्कन गरी एकता गरिएको छ ।

अब दुवै संस्था एक भएर अगाडी बढ्ने प्रतिबद्धता, संकल्प एवं सहमति गरेको समाजका अध्यक्ष सिताराम पंतिडले जानकारी दिएका छन् ।

गत कार्तिक ६ गते मंगलबार २०७५ का दिन नेपाल प्रजापति (कुम्भकार) संघका केन्द्रिय सदस्य रामजनम पंडितको संस्थागत नेतृत्व र तराई कुम्हार समाजको तर्फबाट अध्यक्ष सिताराम पंडितको संस्थागत नेतृत्वमा जनकपुर (धनुषा) मा सम्पन्न सहमतिहरु लाई २०७५ कार्तिक ६ गते बुधबारका दिन नेपाल प्रजापति (कुम्भकार) संघको अध्यक्ष रामानन्द पंडितको अध्यक्षतामा सिरहाको लहानमा सम्पन्न बिशेष बैठकले पनि अनुमोदन गरी एकता भएको सन्देश प्रवाह गरेको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत हुँदैगर्दा विभिन्न सन्दर्भमा (राजनीतिक, सामाजिक, सांस्कृतिक, आदि संरक्षणका तथा पहिचानका लागि) नेपालका जात जातिहरु सक्रिय रुपमा एकजुट भइरहेका छन् ।

यस परिवेशमा नेपालमा अल्पसंख्यक रुपमा पिछडिएर रहेको कुम्हार जाति पनि एकिकृत भएर हिंड्न आवश्यक थियो ।

महाधिवेशन सम्पन्न नहुँदासम्म एकीकृत संगठनको केन्द्रिय अध्यक्ष नेपाल प्रजापति (कुम्भकार) संघका अध्यक्ष रामानन्द पंडित रहने सहमति भएको छ ।

आगामी महाधिवेशन एकता महाधिवेशन हुनेछ जुन महाधिवेशन दुवै संस्थाको संयुक्त ब्यानरमा सम्पन्न हुनेछ र एकीकृत संस्थाको नयाँ नाम र लोगो एकता महाधिवेशनले नै तय गर्ने जनाइएको छ ।

आगामी महाधिवेशनमा तराई कुम्हार समाजको १७ जना केन्द्रीय पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

तपाईको प्रतिक्रिया