स्वास्थ्य र शिक्षामा प्रदेश २ सबभन्दा पछाडि परेको छ : उपप्रधानमन्त्री यादव

राजनीति

राम नारायण पंडित

       

सिरहा, २७ पुस । उपप्रधानमन्त्री उपेन्द्र यादवले सातै प्रदेशको तुलनामा प्रदेश २ स्वास्थ्य र शिक्षामा पछाडी परेको बताएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक स्वास्थ्य चौकीको नवनिर्मित भवनको शक्रबार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले प्रदेश २ कर्णाली प्रदेश भन्दापनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पछि रहेको बताएका छन् ।

सरकारको नीति तहत देशको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र र बडामा स्वास्थ्य चौकी निर्माण हुने मन्त्री यादबले दाबी गरे ।

उनले भने “सरकारको निति योजना अनुसार नेपालको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, बडामा उप–स्वास्थ्य चौकीलाई अपग्रेड गरी स्वास्थ्य चौकी निर्माणको प्रक्रियामा छ, सिरहा अन्य जिल्ला भन्दा पछि परेको छ । त्यसैले यसलाई बढी प्राथमिकतामा राखेको छु ।”

अगामी महिनादेखि बडाहरुमा स्वास्थ्य चौकी निर्माण हुने प्रक्रिया सुरु हुने समेत उनले बताए ।

सिरहा जिल्लाको गाँउपालिका तथा नगरपालिकाबाट मन्त्रालयमा आएको भवन सम्बन्धि निवेदनलाई स्विकृति प्रदान गरिसकेकोले छिट्टै काम सुरु हुने आश्वासन समेत मन्त्री यादवले दिए ।

स्वास्थ्य केन्द्र संचालनका लागि तत्काल आवश्यक औषधी र उपकरण हस्तान्तरण गरेको भन्दै उनले थप जनशक्ति, प्रयोगशालाको सामग्री चाँडै नै उपलब्ध गराउने बताए ।

तपाईको प्रतिक्रिया