सचिव विद्यानाथ झाको बयान, ‘गल्ति गरेको छु भने बारहबिघामा लगेर झुन्ड्याउनु होला’

विचार/दृष्टिकोण

       

सचिव विद्यानाथ झा

१. न्यायको पक्षमा आवाज उठाईदिने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु। अन्तिम पलसम्म म झुक्दिन, सम्झौता गर्दिन र दोषी न्यायको कठघरामा नाउञ्जेल कानुन को सीमामा बसेर संघर्ष गर्छु। न्यायको लागि तपाईको साथ चाहिएको छ।

२. देशको सुशासन र भलाईको लागि थप्पड त के कुनै दिन लाठि, भाला, बन्दुकको गोलि खादा पनि गर्व अनुभूति गर्छु। देशको लागि जिउने र आवश्यक परे ज्यान अर्पण गर्न पछि पर्दिन, र देशको लागि शहिद हुनु परेको दिन मेरो जीवन को उत्कृष्ट दिन हुनेछ,

३. जनकपुरमा योग्यता, क्षमता, इमान्दारिता उपर जातियता हावी छ, त्यसकारण मैले भन्दै न भनेको कुराहरु पनि ’जातीय सेवा’ सोचेर मिडियामा आएको छन। म मा. मन्त्रिज्यु को जात, धर्मलाइ आदरको दृष्टिले हेर्छु. मेरा मित्रहरु नेपाल भरिका सम्पूर्ण जातजातिका छन्। त्यसकारण ’जातीय’ हिसाबले समर्थन वा बिरोध न गरिदिन निवेदन गर्दछु। जो यो मामिलालाई जातीय रंग दिन खोज्दै हुनुहुन्छ उनलाई उनको संकीर्णता नै मुबारक, तपाई त्यहि युगमा जिउनुस। म यसलाई कानुनी रुप र कानुनी सिमामा रहेर नै न्याय खोज्ने छु, तर जनकपुरको बायुमा रहेको जातियताबाट म न्याय पाउछु भन्ने मा आशंकित छु। हो, त्यसरी न्याय पाइन भने त्यसबेला म र मेरो परिवार लज्जित हुनेछ। तर तपाईहरु को सत्यमा आधारित सहयोग जारि रह्यो भने त्यो दिन न आउला।

४. महोत्तरी हुदा सरकारी गाडी दशैँ बिदा मा न दिएकै हो, म माथि पदासिन बाट गालि गलौज भएको हो, मेरो के गल्ति देख्नु हुन्छ ? कर्णालीमा बैसाख १ गतेमा भएको कार्यक्रमको नक्कली बिल भर्पाइ दिन इन्कार गर्दा, पी ए साहेबले गालि दिनु भएको हो, मेरो के गल्ति देख्नु हुन्छ ? म जातवादी सोचको भए मा. यदुवंश झा जी लाइ सरकारी गाडी दुरुपयोग गर्न दि दिन्थे, झगडा हुन्नथ्यो। मा. नन्द सि बुढा मन्त्रि ज्यु संग भनाभन समेत भएको थिएन, उनको भान्जा पर्ने पी ए ले मलाई क्वाटरमा आएर गालि किनु भो, म ग्रिल खोलिन सहेर नै बसे, सरुवा भएकै दिन रमना बुझे र हिडे, कहाँ देख्नु हुन्छ मेरो गल्ति ?

५. केहि कर्मचारी चुप लागेर अनियमितता गर्छन, सब्बैलाइ मिलाउन सक्ने बन्छन। म अनियमितता बर्दास्त गर्दिन, जानकारी सार्वजनिक गर्छु, के गलत गर्छु ? म मन्त्रालयमा आए देखि तेलको बिल मात्रै तुलना गर्नुस। म भन्दा पहिला एक ठाउमा ७०० लिटर डिजेल जान्थ्यो, त्यहि ठाउमा अहिले ७० लिटर पनि गएन, यो मेरो गल्ति हो ? सज्जन भनौदा कर्मचारीहरु पत्रिकामा बिज्ञापन दिदा उही स्पेसको १५०,००० भुक्तानी दिए, मैले पत्रिका लाइ बोलाएर धेर भो, कम गर्नुस, र ३५००० मात्र बनाए। यो मेरो बदमाशी हो? गरिब जनताका लागि लड्दा बिचौलिया रिसाउछन, कुटपिट गर्लान, मारी देलान, म हच्किदैन। जनताप्रति उदार र सज्जन बन्छु, बिचौलिया प्रति होइन।

६. ल्न्इ क्भभिअतष्यल का लागि अनेक अनियमित दबाब थियो, एउटा (जिल्ला अध्यक्ष लेवेल ) राजनीतिग्यले त शहिद बनाई दिन्छु समेत मा. मन्त्रि (वन) जी कै अगाडी भन्नु भो। तर डर, त्रास, लोभ, लालच सब भन्दा माथि उठेर रिजल्ट निकाली दिए। तपाई जुनसुकै निकाय बाट छानबिन गरौनुस, पत्रकार जी हरु पनि अफिस मा आएर हेर्नुस। दोषी ठहरे जे सजाय हुन्छ मन्जुर छ, तर राम्रो काम गर्दा थप्पड खानु पर्ने ? र न्यायको लागि अवाज उठाउदा मानसिक सन्तुलन गुमाएका सम्मका अपमान खप्नु पर्ने ?

७. पिटाई खाई सकेपछि म भावावेश मा जे बोले त्यो उता बाट पनि भनिदै थियो, भिडिओ म तिर मात्रै फर्काएर बनाइएको छ। तर पनि म आफुलाई लात्तीले हिर्काइ सके पछि पनि नियन्त्रणमा राख्नु पर्थ्यो। तर त्यतिले मा. मन्त्रि ज्युको अपराध मुक्त हुने अवस्था बन्दैन।

तसर्थ, सारांशमा म के भन्छु भने म सहि कुरामा झुक्न सिकेको छैन, गल्ति गरेको छु भने बारहबिघामा लगेर झुन्ड्याउनु होला, तर जातपात भन्दा माथि उठ्नुस र सत्यको संघर्षमा मलाई साथ दिनुस भन्ने निवेदन गर्दछु !

सचिव विद्यानाथ झाको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया