एसइई दिने विद्यार्थीहरुद्वारा शैक्षिक भ्रमण

शिक्षा

       

नेहाल खान, वीरगन्ज, ७ माघ । साउथ जोन मा.वि.का एस.ई.ई परीक्षा दिने ७९ जना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको क्रममा वीरगंज नेशनल मेडिकल कलेजमा भ्रमण सम्पन्न गराइएको छ ।

नेशनल मेडिकल कलेजमा रहेका लाईब्रेरी, ओडिटोरियम, ल्याब, चिकित्सकहरुले अध्ययन गर्ने निजी चिकित्शालयहरुमा गई विभिन्न विषय वस्तुहरुबारे विद्यार्थीहरुले नेश्नल मेडिकल कलेजका एम.डि बसरुद्दिन अन्सारीसँग विस्तृत रुपमा जानकारी लिएका छन् ।

कलेजका निर्देशक अन्सारीले शैक्षिक भ्रमणमा आएका साउथ जोन मा.वि का ५० जना छात्र र २९ जना छात्राहरुलाई विभिन्न ठाउँहरुको अवलोकन गराई चिकित्सक बन्नुभन्दा पहिला कसरी मेडिकल कलेजमा आफ्नो अध्ययन गर्ने गरेका छन् भन्ने विषयमा अन्सारीले विद्यार्थीहरुलाई बताएका थिए ।

साउथ जोन मा.वि का प्रधानाध्यापक सरोज चौधरीको नेतृत्वमा आएका शैक्षिक भ्रमणका छात्रछात्राहरुले लामबद्ध भई अनुशासनमा रहि नेशनल मेडिकल कलेजको विषय वस्तुहरु बारे ५ घन्टासम्म विभिन्न विषय वस्तुहरु माथी अध्ययन गरेका थिए ।

अब आउने एस.ई.ई परिक्षामा सहभागी यी विद्यार्थीहरुले एस.ई.ई उप्रान्त अध्ययनमा नर्सिङ, डाक्टर जस्ता पढाई रोजिन आउने छात्रछात्राहरुले कलेजका निर्देशक बसरुद्दिन अन्सारीलाई अग्रिम लक्ष्य जाहेर गरेका थिए ।

तपाईको प्रतिक्रिया