प्रदेश सरकार र प्रभु बैंक बीच बेटी शिक्षा विमाको लागी सम्झौता

अर्थ/वाणिज्य

       

माघ १ गते देखी जन्मिएका छोरीहरूलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप भएको उक्त सम्झौता पत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकार र बैंक बीच भएको सम्झौता अनुरुप लागु भएको पालिकाहरुका नवजात छोरी शिशुको अभिभावकले ६ महिना भित्र आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन दिनु पर्ने छ । मुद्दती खाता मार्फत गरिने उक्त विमाको रकम २० वर्ष पछि सेवा सेवाग्राहीले एकमुष्ट १ लाख रकम प्राप्त गर्ने छ ।

खातावाला छोरीको मृत्यु भएका वा निजलाई असाध्य कडा रोग लागेको व्यहोरा प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएको अवस्थामा वालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिशमा खातामा जम्मा भएको रकमको सावा व्याज प्राप्त गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया