राम मनोहरको शव प्रहरी नियन्त्रणमा

राजनीति

       

बाँके, २१ पुस । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता स्व.राम मनोहर यादवको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँच महिनाअघि मृत्यु भएका यादवको शव काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा थियो । परिवारजनले मृत्युबारे सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही, शहीद घोषणा, क्षतिपूर्ति लगायतका मागहरु राखी शव बुझेका थिएनन् ।

अन्ततः नेपालको न्यायालयबाट न्याय पाउने आशा मरिसकेकोले यादवका परिवारजनले आइतबार शव बुझेका थिए ।

शव बुझेर अन्तिम संस्कारका लागि लाने क्रममा प्रहरीले नियन्त्रणमा लिनुका साथै श्रद्धाञ्जली दिन आएका सर्वसाधारणहरुलाई समेत नियन्त्रणमा लिएको गठबन्धनका नेताले बताएका छन् ।

प्रहरीका अनुसार शव लिएर गठबन्धनका नेताहरुले नारा जुलुस गर्न लाग्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

गत भाद्रमा बर्दियामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको कार्यक्रममा उपस्थित हुँदा राम मनोहर लगायत चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही क्रममा उनको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया