मुख्यमन्त्री राउतद्वारा महायज्ञ स्थलको निरीक्षण

राजनीति

    7 February, 2019   

जनकपुरधाम, २४ माघ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. १ मा माघ २९ गतेदेखि शुरु हुन लागेको महायज्ञ स्थलको निरीक्षण गरेका छन् ।

महायज्ञ स्थलको निरीक्षण पछि मुख्यमन्त्री राउतले मुलुकमै पहिलो चोटी हुन लागेको महायज्ञले मानव कल्याणका साथै धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गरिने विश्वास व्यक्त गरेका छन् ।

उनले महायज्ञको व्यवस्थापनमा सरकारबाट हुन सक्ने हरेक प्रकारको सहयोग प्राप्त हुने विश्वास दिलाए । महायज्ञमा शेष नागको पेट भित्र एक हजार आठ मूर्तिको निर्माण गरी रामायण र कृष्णलिलालाई प्रदर्शन गरिएको छ ।

२१ दिन सम्म चल्ने महायज्ञमा राम नाम सकिर्तन , कोटीहोम लगायतको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया