फोरमले बुझायो सभामुखलाई ज्ञापनपत्र

राजनीति

       

काठमाडौं, २४ माघ । सत्तारूढ संघीय समाजवादी फोरम नेपालले पार्टीका प्रतिनिधिसभाका सांसद हरिनारायणप्रसाद रौनियारको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पार्टीका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरीत निलम्बन गरिएको निष्कर्ष निकाल्दै तत्काल फुकुवा गर्न माग गर्दै बुधबार सभामुख महरालाई ज्ञापन पत्र बुझाएको हो ।

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचीमा परेपछि संघीय संसद सचिवालयले गएको असोज १९ गते सांसद रौनियारलाई निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया