वार्ता गर्न गठबन्धन तयार : प्रवक्ता खान

राजनीति

       

काठमाडौं, २५ माघ । राज्यबाट उचित र उपयुक्त वातावरण निर्माण गरिए स्वतन्त्र मधेश गठबन्धनले वार्ता र सम्वाद गर्न तयार रहेको गठबन्धनका प्रवक्ता अब्दुल खानले जनाएका छन् ।

शान्तिपूर्ण मार्गद्वारा आन्दोलनरत स्वतन्त्र मधेश गठबन्धनले नेपाल सरकारसँग वार्ता तथा सम्वादमा जान तयार हुँदा सरकारबाट बेवास्ता गरिनु दुःखद रहेको प्रवक्ता खानले विज्ञप्तिमार्फत् जनाएका छन् ।

शान्तिपूर्ण मार्गबाट विचलित नभईकन मधेशको पूर्ण हक अधिकारका लागि आवाज उठाइरहेको स्वतन्त्र मधेश गठबन्धन नेपाल सरकारसँग वार्ता र सम्वाद गर्न तयार हुँदाहुँदै पनि नेपाल सरकारको तर्फबाट गठन गरिएको वार्ता समितिले गठबन्धनसँग वार्ता गरेको थिएन ।

यसप्रति गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘मुलुकको उन्नति र दिगो विकासका लागि हामी जटिलभन्दा जटिल समस्या समाधान गरी लोकतन्त्र र संघीय प्रणालीलाई जोगाउन तयार रहेको’ प्रवक्ता खानले जनाएका छन् ।

तपाईको प्रतिक्रिया