खरिद प्रक्रियामा अनियमितता भएको पुष्टि

समाचार

       

चन्द्रकान्त खनाल, रुपन्देही, २६ माघ । प्रदेश नम्बर पाँचमा गाडी खरिदमा भएको अनियमितता पुष्टि भएको छ । प्रदेश सभाले ११ वटा र मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिदमा अनिमितता भएको आशंका सहित सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको थियो । 

करिब १ महिना लामो समय लगाएर गरिएको छानबिनमा समितिले सार्वजनिक लेखा समितिले उपभोक्ता मूल्य भन्दा धेरै तिरेर गाडी किनेको र बजार मुल्य भन्दा बढी भएको रकम फिर्ता गरि प्रदेशसभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ । खरिद गरिएको गाडीमध्ये प्रदेशसभा सचिवालयले ११ र प्रदेश मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । लेखा समितिले शुक्रबार अन्तिम प्रतिवेदन तयार गर्दे सिप्रदी र स्थानीय एजेण्टले अत्यधिक नाफा खाएको निचोड निकालेको छ ।

समितले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न पनि निर्देशन दिएको छ । तयार भएको प्रतिबेदन माघ २९ गते प्रदेश सभामा बुझाउने लेखा समितिका सभापति डिल्ली चौधरीले बताए ।

प्रतिवेदनमा प्रदेश सभाले ७२ लाख र मन्त्रालयहरुले ७३ लाखमा गाडी खरिद गरेका थिए । तर, गाडी खरिद गर्ने कुनै पक्षलाई कारबाहीकोे सिफारिस गरिएको छैन । टाटाले २९ प्रतिशत बढी मुनाफा लिएर बिक्री गरेको छ । लेखा समितिका सभापति डिल्ली चौधरीले भने बढी मुख्य नर्तिन निर्देशन दिएको बताईएको छ ।

दुबै गाडीमा ५७ लाख गरि लेखा समितिले तयार पारेको प्रतिवेदनमा खरिद भएका गाडीहरुका सामान बजारमा पाउन मुस्किल रहेको र खरिद भएका गाडी पहाडी जिल्लामा जान समस्या भएको उल्लेख गरेको छ । 

पुस २४ गते देखी गाडी खरिदमा अनियमितता भएको खबर बाहिर आएपछि लेखा समितिले छानबिन सुरु गरेको थियो । छानबिन सुरु भएपनि लेखा समितिका सभापति र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेताले गाडी फिर्ता गरेका थिए ।

 

तपाईको प्रतिक्रिया