पत्रकार सन्यासी जस्तै हुन् : प्रदेश प्रमुख

राजनीति

       

ब्रम्हानन्द ठाकुर, सप्तरी, २७ माघ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताए ।

सप्तरीको कञ्चन रुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् ।

पत्रकार आफु सन्यासी जस्तै भएर देश र समाजको बिषयमा बढी चिन्तित हुने गरेको उनको भनाई थियो । पत्रकार सन्यासी जस्तै आफु आर्थिक रुपमा कमजोर भएपनि सरकार तथा नेतृत्व वर्गलाई समय समयमा सही मार्गदर्शन गराउँदै मार्गदर्शकको भुमिका निर्वाह गर्दै आईरहेको धारणा राखे । साथै उनले पत्रकारहरुलाई व्यवसायिक पत्रकारिता गरे पत्रकारिताको गुणवत्ता समाप्त भएर जाने विचार प्रस्तुत गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै पत्रकार बैधनाथ यादवले सरकारद्धारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षडयन्त्र भईरहेको गुनासो गरे । साथै यादवले प्रदेश नं. २ मा भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, पत्रकार श्याम सुन्दर यादवले सप्त क्रिषिको बास स्थान भएकोले सप्तरी यस जिल्लाको नाम रहेको र सप्तरी भित्र अनेकौै पर्यटकीय स्थलहरु रहेको बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए । पिकनिक स्थलमा खुला आकाश मुनि नौलो तरीकाले नेपाल पत्रकार महासँघ सप्तरी शाखाले बार्षिक साधारण सभा मनाईरहँदा ठुलो बर्षा तथा हवाहुरीले कार्यक्रम केही बेर प्रभावित भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य सँघका अध्यक्ष, विभिन्न संघ संगठनका पत्रकार, पुर्व मन्त्री हेमराज तातैर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया