फरार रहेका दुई प्रतिवादी पक्राउ

समाचार

       

 मोरङ, २७ माघ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाँय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका—४ बस्ने रमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका–४ स्थितबाट फेला पारी पक्राउ गरेको हो ।  मोरङ, २७ माघ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाँय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका—४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका–४ स्थितबाट फेला पारी पक्राउ गरेको हो ।

 यसैगरी राहदानी किर्ते मुद्धामा मोरङ जिल्ला अदालतको २०६८ साउन १३ गतेको फैसलाले १ महिना कैद सजाय ठहर भई फरार रहेकी धनपालथान गाउँपालिका–६ कदमाह बस्ने ४५ वर्षीया प्रमेश्चरीदेवि मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।   पक्राउ दुवैजनालाई आजै आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ पेश गरिइएको छ ।

तपाईको प्रतिक्रिया