फेरि पनि करेन्ट लागेर मृत्यु

समाचार

       

कैलाली, २७ माघ । विगत केही दिनदेखि विभिन्न जिल्लाहरुमा करेन्ट लागेर मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको छ । त्यसै तनहुँ र कैलालीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

तनहुँ, भानु नगरपालिका–५ मैबल बस्ने शम्भु विष्टको १२ वर्षीय छोरा शुभाष विष्ट साईकल चलाई खेल्ने क्रममा बिजुलीको पोलमा छुन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–२ स्थित दशरथ उच्च माबिको प्राङ्गणमा बाँस ठडाउने क्रममा उक्त बाँस बिजुलीको हाईटेन्सन तारमा छुन गई करेन्ट लागेर बाजुरा घर भई हाल सोही स्कूलमा कार्यरत शिक्षक २४ वर्षीय रुकुम जैशीको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया