राजपाको दोहोरो नीति :केन्द्रमा सत्तासँग साँठगाँठ, प्रदेशमा आन्दोलनको तयारी

राजपा नेताहरूको दोहोरो रणनीति केन्द्रमा

राजनीति

       

किनकी अब राजनीतिक मुद्दाभन्दा पनि विकासमा केन्द्रित हुनुपर्ने आवाज प्रदेश २ भित्र जोडदार रूपमा उठिरहेको पाइन्छ । आफ्नै हातमा डाडूपन्यू रहेको प्रदेश २ मा काम गरेर देखाउनुपर्ने चुनौती दुवै मधेशी दल राजपा र संघीय समाजवादी फोरमलाई छ । त्यसका लागि केन्द्रमा सत्तासीन वाम गठबन्धन, खासगरी प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार्दा फोरम र राजपालाई फाइदा हुने आकलन गरिएका छन् ।

राजपा अहिले पनि मधेशका जनताको मनोभावना विपरीत काम गरिरहेको छ । उसलाई आफूले उठाउँदै आएको मुद्दालाई लागू गराउन र संस्थागत गर्न ठूलो जिम्मेवारी छ तर पार्टी भित्रको आन्तरिक द्वन्द्वले पार्टी कमजोर बन्दै गइरहेको छ ।

हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्योभन्दा अघि बढेर राजपा नेपालको विधानमा दुई वर्षमै महाधिवेशन गर्ने लेखिएको छ । एक वर्षभित्र गर्ने भनिएको महाधिवेशनका लागि राजपा गठनको डेढ वर्ष बितिसक्दा पनि कुनै तयारी छैन । कबोल गरेको एक वर्षमा महाधिवेशन गर्न नसक्दा निर्वाचन आयोगले राजपालाई स्मरण पत्र थमाइसकेको छ । राजपाले भने आन्तरिक व्यवस्थापन हुन नसकेको जवाफ फर्काउँदै आएको छ । क्षेत्रीय र जिल्ला अधिवेशन तर परको कुरा, वडा कमिटीसमेत गठन गर्न नसकेको राजपाका नेताहरू भने वैशाखमै महाधिवेशन सम्पन्न गर्ने दाबी गर्न छाडेका छैनन् ।

तयार रहन कार्यकर्तालाई निर्देशन
रौतहटमा राजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन् । जिल्लाको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको उद्घाटन गर्ने क्रममा राजपाको अध्यक्षमण्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

संयोजक यादवले उनीहरूको आर्थिक, सामाजिक तथा भाषिक समानताको लागि संविधान संशोधन एकमात्र विकल्प भएको जिकिर पनि गरे । नेता यादवले शताब्दियौँदेखि मधेशमा उपेक्षित भएर बसेका विभिन्न जातजाती र वर्गको सम्मानका लागि राजपा नेपाल आन्दोलित रहँदै आएको बताउँदै संविधान संशोधन नभए पुनः आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोेले नेपाल सबै नेपालीको हुनुपर्नेमा नेपाल सबै नेपालीको नभएको आरोप लगाए । अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले जनताको अधिकार नहुन्जेल राजपा नेपाल संघर्षमा रहने बताए । नेता झाले पहाडी समुदायको भविष्य प्रदेश २ मा रहेकाले राजपा नेपालमा जोडिन आह्वान पनि गरे ।

तपाईको प्रतिक्रिया