जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

समाचार

       

जनकपुर, २७ माघ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।

पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग यस विषयमा छलफल गर्नुभएको थियो ।

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको पनि उनले उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया