सुविधासम्पन्न कवर्ड हल बन्दै

समाचार

       

बर्दिबास,२७ माघ । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ ।

बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे ।

बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको लागतमा कबर्ड हल निर्माण थालेको हो । मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्ड हलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ ।बर्दिबासस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्ड हल निर्माण थालिएको हो ।

तपाईको प्रतिक्रिया