कृषि मन्त्रालय खारेज गर्न हृदयेश त्रिपाठीको माग

राजनीति

    10 February, 2019   

काठमाडौं, २७ माघ । सांसद हृदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय नै विचौलियाको पक्षमा लागेको भन्दै यस्तो माग राखेका हुन् ।

त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।

’ उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालयले व्यापारीको पक्ष लिएको त्रिपाठीको आरोप छ । सरकार र व्यापारी मिलेर निरीह किसानलाई बलीवेदीमा चढाएको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया