राजपाको सदस्यता पाँच लाख पुग्यो

राजनीति

       

काठमाडौं, २७ माघ । राष्ट्रिय जनता पार्टी राजपाले आगामी महाधिवेशन लक्षित गरी २७ जिल्लामा करिब पाँच लाख सक्रिय सदस्यता वितरण गरेको छ ।

गत माघ १५ गतेसम्म सदस्यता वितरण गर्ने बताएको राजपाले १५ दिन थप गरेको थियो । पर्सीसम्म सदस्यता वितरण गरेर त्यसपछि निर्वाचन कार्यतालिक सार्वजनिक गर्ने राजपाको तयारी छ । करिब पाँच लाख सक्रिय सदस्यको विवरण विभिन्न जिल्लाबाट संकलन भइसकेको राजपाका महासचिव मनिस कुमार सुमनले जानकारी दिए ।

विभिन्न जिल्लामा वितरण भएको सदस्यता प्रमाणित गर्न र महाधिवेशनको कार्यतालिका प्रकाशन लगायत विषयमा छलफल गर्न अध्यक्ष मण्डलको बैठक मंगलबार बस्नेछ । फागुन भित्र वडा तहदेखि प्रदेशसम्मको अधिवेशन सक्ने राजपाको तयारी छ ।

तपाईको प्रतिक्रिया