हिन्दु परिषद्द्वारा जनजागरण सभा सम्पन्न

समाचार

    २७ माघ   

कलैया, २७ माघ । हिन्दु परिषद् नेपालद्वारा कलैया उप–महानगरपालिका स्थित बडा न.१० मटिआरवामा जनजागरण सभा सम्पन गरेको छ ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं हिन्दु परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलले नेपालमा विभिन बहानामा हिन्दूहरु माथि अन्याय एवं अत्याचार भई रहेको बताउँदै अब नेपालका सम्पूर्ण हिन्दुहरु आफ्ना पहिचानका निमित एक पटक निर्णायक आन्दोलन गर्न तयार रहन आग्रह गरेका थिए ।

हिन्दू राष्ट्र मात्र हिन्दूहरुको पहिचान होइन नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको पहिचान हो किनकी जब नेपाल हिन्दू राष्ट्र थियो तब पनि अन्य धर्मावलम्बीहरुलाई नै विशेष प्राथमिकता दिइन्थ्यो, हामीले केवल जर्बजस्ती कुनै हिन्दूलाई मुस्लिम वा क्रिस्चियन बनाइयो भने चुप बस्दैनौं मात्र भनेका छौं ।

सम्पूर्ण नेपालीहरुले साथ दिए नेपाल चाडै नै पुनः हिन्दू राष्ट्र हुने उनले बताए । पटेलले भने आज मधेश मात्र होइन हिमाल र पहाड़मा समेत जनलहर उत्पन भइसकेको जानकारी दिँदै अब हामी नेपालीहरु आफ्नो पहिचानका निमित्त एक पटक आफ्ना पार्टी भन्दा माथि उठ्ने बेला आएको छ ।

इकाई अध्यक्ष दशरथ ठाकुरको सभापतित्वमा सम्पन सभामा हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य सुकदेव साह कानु, हिन्दू बुद्धिजीवि परिषद्का केन्द्रिय महासचिव साहेब ठाकुर, हिन्दू युवा परिषद् बीरगंज नगर अध्यक्ष रंजीत चौरासिया, बड़ा अध्यक्ष चन्देस्वर गुप्ता लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने युवा नेता दयासिन्धु कुशवाहाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया