उप–स्वास्थ्य चौकीमा औषधीको अभाव हुन दिएका छैनौ : लालमणी चौधरी

नगर प्रमुख, खैरहनी नगरपालिका, चितवन

स्थानीय सम्वाद्

    २०७५ साल, फागुन ३ गते शुक्रबार ।   

खैरहनी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत नारायणी अञ्चल चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब २२ कि.मि. पूर्वमा अवस्थित छ । नेपाल सरकारको २०७१/०१/२५ को निर्णयानुसार चैनपुर, कुमरोज र खैरहनी गरी ३ वटा गाउँ विकास समिति समावेश भई खैरहनी नगरपालिका बनेको थियो र पछि २०७२/०६/०१ को निर्णय पछि कठार गाऊँ विकास समिति समेत यस नगरपालिकामा समावेश भई साविकका ४ गाऊँ विकास समितिहरुको संयुक्त रूप मिलेर खैरहनी नगरपालिका बनेको छ । यस नगरपालिकामा १३ वटा वडाहरु छन् भने जम्मा ८५.५७ वर्ग कि.मि. क्षेत्रफल रहेको छ समुन्द्री सतह देखि १९० मि. उचाईमा रहेको यस नगरपालिकामा पुरुष जनसंख्या जम्मा २६,०७५ र महिला जनसंख्या जम्मा ३०,०१९ गरी कुल जनसंख्या ५६,०९४ रहेको छ भने जम्मा घरधुरी संख्या १२,३३१ रहेको छ । यस नगरपालिकाको भावी योजनाको विषयमा गरिएको कुराकानी :

० तपाई जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएदेखि अहिले सम्म के–के उल्लेखनीय कामहरु गर्नुभयो ?

नयाँ नगरपालिका भएको हुनाले र संविधान अनुसारको तीन तहको सरकारले आफ्नै किसिमको संविधान अनुसार काम, कर्तव्य, अधिकार र दायित्व तोकिएकाले सो अनुसार ऐन, कनुन र कार्यविधिहरु बनाउन सुरुका दिनहरुमा लाग्यौ । यो नगरको समृद्धिको लागि यहाँका सम्भावनाहरु अध्ययन गरेर विषेश गरी कृषि, पर्यटन, उद्योगलाई प्राथमिकताको साथ अगाडी बढाएका छौँ । त्यो सँगसँगै पूर्वाधार विकास शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको कुराहरु पनि अगाडी बढाएका छौँ । अहिले प्रशस्त उद्योगहरु स्थापना हँदैछन् । ती उद्योगहरुलाई टेवा पु¥याउनको लागि त्यहाँ पुग्ने बाटा,े बिजुली र खानेपानी पनि पु¥याउन सफल भएका छौँ । हामीले कृषिमा यान्त्रिकीकरण गरेर यहाँका किसानहरुलाई कृषिको उत्पादनमा लागत घटाउनको लागि गत आर्थिक वर्ष हामीले एक करोडको बजेटमा विभिन्न यन्त्रहरु वितरण ग¥यौँ । जस्तै धान काट्ने मेसिन, ड्याङ बनाउने मेसीन र पावर टिलरहरु किसानहरुलाई वितरण गर्न सफल भयौँ ।

कृषिमा पनि हामीले विभिन्न किसिमका तालिमहरु, माटो परीक्षणदेखि लिएर कृषिको यन्त्रहरु बाँड्ने कार्यक्रम राखेका छौँ । आउने पाँच वर्ष भित्रमा यस नगरमा कृषिमा उल्लेखनीय विकास भएर यहाँको किसानहरुको आर्थिक समृद्धि हुन्छ भन्ने हामिले विश्वास लिएका छौँ । पर्यटनको क्षेत्रमा भन्ने हो भने, हाम्रो नगरपालिकाको झन्डै १७ किलोमिटर राष्ट्रिय निकुञ्जसँग जोडिएको हुनाले हामीले त्यहाँ पर्यटन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु आगाडी बढाएका छौँ ।

० भने पछि यो खैरहनी नगरपालिकामा पर्यटकको प्रचुर सम्भावना छ ?

हामी भाग्यमानी छौँ । खैरहनी नगरपालिका दक्षिणमा १७ किलोमिटर राष्ट्रिय निकुञ्जसँग जोडिएको छ भने । यसपाली मात्रै हामीले तराई मधेश समृद्धि कार्यक्रमबाट दरइहरुको होमस्टे निर्माण गर्नको लागि २५ लाख रकम प्राप्त गरेका छौँ । हाम्रो नगरपालिकामा ३०÷३५ घर मुसहर बस्ती पनि छ । त्यो मुसहर बस्तीको पनि हामीले यस वर्ष तराई मधेश समृद्धि कार्यक्रमबाटै उनीहरुको सामूहिक भवन बनाउने बजेट प्राप्त गरेका छौँ र मलाई लाग्छ सिमान्तकृत मुसहर बस्तीलाई पनि यो वर्ष व्यवस्थित गरेर उहाँहरुको आर्थिक समृद्धिको लागि हामीले बङ्गुर पालन कार्यक्रम, सिलाई कटाईको तालिम आदि कुराहरु अगाडी बढाएका छौँ । मुसहर वस्तीको विकास अव आउने वर्षबाट हामी अगाडी बढाउन सक्छौँ ।

० स्थानीय तहको निर्वाचनको वेला जनतासँग के कस्ता प्रतिबद्धताहरु पूरा गर्नु भएको छ ?

विकासको पहिलो आधार भनेको बाटो, बिजुली, खानेपानी र सञ्चार हो । म मेरो कार्यकालमा यस नगरपालिकामा प्रत्येक घरमा पुग्ने बाटोलाई सुविधा सम्पन्न बनाउँछु, प्रत्येक घरमा विश्व स्थास्थ्य संगठनको मापदण्ड अनुसार खानेपानी पु¥याउँछु, प्रत्येक घरमा बिजुली पु¥याउँछु र सञ्चारको व्यवस्था गर्छु । यति भएपछि विकासको पूर्वाधार तयार हुन्छ र हाम्रो विकासको कुरा अगाडी बढ्छ भन्ने कुराको प्रतिबद्धता गरेको छु । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि हामीले उल्लेखनीय कामहरु अगाडी बढाएका छौँ । 

० यस आर्थिक वर्षको बजेटमा के–के प्राथमिकतामा छ ?

यो वर्षको ७० करोड बजेट हामीले हाम्रो नगरपालिकाको तर्फाबाट विनियोजन गरेका छौँ । हाम्रो पहिलो प्राथमिकता भनेको बस्तीहरुमा ढल निर्माण गर्ने, बाटो कालोपत्रे गर्ने, औद्योगिक क्षेत्रहरुमा बाटो बिस्तार गर्ने, पर्यटनको क्षेत्रमा फन पार्क बनाउने बनाउने योजना छ । विद्यालयहरुमा विज्ञानको प्रयोगशाला, .पुस्तकालय र भवन निर्माणका कामहरु अगाडी बढाइरहेका छौँ । शिक्षकहरुलाई उनीहरुको क्षमता विकासको लागि विभिन्न तालीमहरु अगाडी बढाएका छौँ । यो समयसम्म आइपुग्दा हाम्रो नगरपालिका भित्र रहेका स्वास्थ्य सेवा केन्द्र लगायत उपस्वास्थ्य चौकीहरुमा हामीले कुनै दिन पनि औषधीको अभाव हुन दिएका छैनौँ । उपस्वास्थ्य चौकीमा हामीले ल्याबको व्यवस्थापन गर्दै छौँ । हामी यो वर्ष पनि त्यसै गरी पर्यटन विकास, पूर्वाधार विकास, शिक्षा स्वास्थ्य र सामाजिक विकासमा पनि हामीले महत्व दिएका छौँ ।

० तपाईले यसरी काम गरिरहँदा त्यहाँका जनता कतिको सन्तोष देखिएका छन् ?

म लामो समय जनप्रतिनिधि हुँदै आएको हुनाले पनि म आफैले जनताको आवश्यकक्ता, मर्म बुझेको छु । म २०५४ सालमा यही खैरहनी गाउँ विकास समितिको अध्यक्ष पनि भएको हुनाले पाँच वर्ष जनताको बीचमा मैले काम गर्ने अवसर पाएँ । त्यो बेला पनि मैले यहाँको आश्यकक्ता, सम्भावना, चुनौतीहरु सबै बुझेको थिएँ । यो क्षेत्रबाट २०६४ सालमा म संविधानसभाको निर्वाचित हुन पाएँ । त्यो बेलामा पनि मैले चार वर्ष निरन्तर जनताको बीचमा काम गरेको हुँनाले मलाई जनतासँग काम गर्न समस्या छैन । कोही पनि जनता नगरपालिकामा आएर मलाई यो काम राम्रो भएन भन्न पाएका छैनन् र मलाई लाग्छ यो बाँकी अवधी पनि सबैको भावना बुझेर यसैगरी काम गर्न सक्छु भन्ने मलाई विश्वास छ ।

० ‘स्थानीय निर्वाचन पश्चात सिंहदरबार गाउँगाउँमा यो नारा खैरहनी नगरपालिकाबासीले महशुस गर्न पाएका छन् ?

कुनै पनि संस्था स्थापना गर्दैमा सबै कुरा सुरुमै पुरा हुन्छ भन्ने छैन । अहिले राज्यले कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन । अहिले संघीय मामिला मन्त्रालयले कर्मचारीको समायोजन गर्दै छ । त्यसैले गर्दा हाम्रो नगरपालिकामा जति दरबन्दी छ, कर्मचारीको त्यो दरबन्दी अनुसार कर्मचारी उपलब्ध नभइसकेको अवस्थामा केही काम गर्न समस्या छ । तर, हामीले भएका कर्मचारीलाई व्यवस्थापन गर्दै जनताको कामलाई सहज ढंगले छिटो र छरितो गर्न हामी कटिबद्ध छौँ । मेरो नगरपालिकामा प्रत्येक शाखा, प्रत्येक फाँटमा प्रत्येक दिन म आँफै पुगेको हुन्छु । यो बीचमा कर्र्मचारी साथीहरुसँग राम्रो सम्बन्ध भएको हुनाले अहिलेसम्म जनतालाई दिनुपर्ने सेवा वञ्चित भएको छैन । आम जनताको धेरै भन्दा धेरै कामहरु स्थानीय तहबाटै समाधान हुने भएकाले सिंहदरबारको केही अधिकार हामी कहाँ आइपुगेको हो की भन्ने महशुस गरेका छौँ ।

तपाईको प्रतिक्रिया