सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, ६ फागुन । सम्सारा रेमिट प्रा.लि.ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै विस्तार गर्दै जाने क्रममा कतारस्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा सम्सारा रेमिट प्रा.लिको तर्फबाट डाइरेक्टर–व्यवसाय प्रबन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रबन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लिको मुख्य कार्यालयमा एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो ।

हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रबन्धक मोहमद मुस्ताफाले भने, “सम्सारा रेमिट प्रा.लि.ले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुँदा दुई कम्पनीबीचको सहकार्यले गर्दा आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गरे ।”

उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ । यस सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछ ।

सो रकम सम्सारा रेमिटको नेपालैभरि रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन् र रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्दछ ।

सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया