बुटवलमा एस्कर्टस्को Hydra 15 4P क्रेनको सफ्ट लन्च

अर्थ/वाणिज्य

       

बुटवल, ९ फागुन । आइएमई अटोमोटिभ्स प्रा.लि.,एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित “Hydra 15 4P” क्रेनको नेपालमा बिक्रि वितरणको सुरुवात बिहीबार बुटवल अवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रम मार्फत सेवा सुरु गरेको छ ।

उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो ।

कार्यक्रम अनावरण गर्ने क्रममा मोहनलाल जोशीले भने, “एस्कर्टस ब्रान्ड एसोसिएशनका लागिमेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमाआएको वृद्घि संगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ”।

तपाईको प्रतिक्रिया