आइएमई जनरल इन्स्योरेन्स र एनसीसीबीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, १५ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्धय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक श्री राजेश राज ढुंगेलको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया