वित्तीय साक्षरता कार्यक्रम

अर्थ/वाणिज्य

       

काठमाडौं, २० फागुन । प्रदेश नं.—३, दोलखा जिल्ला, जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंक लि. को संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ प्रमुख आतिथ्यमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए ।

उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका अन्य लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया