जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवन बीमा योजना

अर्थ/वाणिज्य

       

काठमाडौं, २६ फागुन । सस्तो, सुलभ र विश्वसनीय रेमिट्यान्स सेवाका लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।

योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने ब्यक्तिले भुक्तानी पाएको दिनदेखि रु पाँच लाखको १ वर्षे दुर्घटना जीवन बीमा हुनेछ ।

क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ ।

यो दुर्घटना जीवन बीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेहरु मध्यबाट २,१३७ जनाको प्रतिव्यक्ति रु. पाँच लाखको १ वर्षे दुर्घटना जीवन बीमा गरिएको जनाइएको छ ।

सम्पूर्ण विमितहरुको नामावली कम्पनीको आधिकारिक फेसबूक पेजमा प्रकाशित गरिएको छ ।

तपाईको प्रतिक्रिया