प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

समाचार

       

रुपन्देही, २८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप आइतबार रुपन्देहीको भैरहवामा सुरु भएको ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीलाई सम्बोधन गर्दै विभिन्न राजनीतिक उतारचढावको परिणाम स्वरुप राष्ट्रको विकासमा केही अवरोध आएको चर्चा गर्दै अबका दिनमा सबै मिलेरमुलुकलाई समृद्ध बनाउनेतिर सक्रियताका साथ लाग्नुपर्ने बताए ।

समाजमा शान्ति सुरक्षा कायम गर्न गोष्ठीका निष्कर्ष फलदायी हुने उनले उल्लेख गरे ।

कार्यक्रममा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी, उक्त प्रदेशका प्रमुख सचिव डा. तिर्थराज ढकाल र उक्त प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्रीकृष्ण आचार्य समेतलेआ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया