नेपाली सेनाद्वारा जनचेतनामूलक कार्यक्रम

समाचार

राकेश यादव

       

रौतहट, २८ फागुन । इन्द्र बक्स गण पूरेनवाको आयोजनामा नो योर आर्मी नेपाली सेनाको इतिहास, बैलपÞmेर, नेपाली सेनामा भर्ना र नेपाली सेनासम्बन्धी विविध गतिविधिको भिडियो प्रदर्शन तथा आई ई डी अवेरनेस सम्वन्धी जनचेतना मूलक कार्यक्रम गौर नगरपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

आम जनतासँग सहकार्य गरी सामाजिक सुरक्षामा योगदान तथा आपराधिक गतिविधिबाट सुरक्षित गराउने उद्देश्यले जनचेतनामूलक कक्षा सञ्चालन गरिएको थियो ।

विद्यालयका प्राध्यानध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी, नागरिक समाजका अगुवाहरु सहभागी भएको कार्यक्रममा नेपाली सेना सहसेनानी बाबूराम पौडेलले प्रशिक्षण दिएका थिए ।

नेपाली सेनाले विभिन्न दैवी प्रकोप देखि लिएर सामाजिक कार्यमा गर्दै आएको क्रियाकलाप बारे जानकारी गराइएको थियो ।

शंकास्पद बस्तु देखेमा छुन चलाउन नहुने भन्दै सहसेनानी पौडेलले कुनै शंकास्पद बस्तु, व्यक्ति हेरे देखेमा सम्वन्धित निकायमा जानकारी गराउन सबैलाई आग्रह गरेका थिए ।

विना जानकारी चलाएमा जनधनको क्षति हुने भएकोले सुरक्षाको दृष्टिकोणले सचेत हुनुपर्ने उनको तर्क रहेको छ । नेपाली सेनामा भर्ना हुनका लागि चाहिने योग्यता प्रक्रियाको बारेमा विस्तृत रुपमा जानकारी गराएको इन्द्रवाकस गणका प्रमुख सेनानी सूजन शाक्यले बताएका छन् ।

निष्पक्ष रुपमा पारदर्शी ढंगले नेपाली सेनामा भर्ना हुने गरेकोले कसैको लोभ लालचमा नपर्न तथा आफ्नो योग्यता क्षमता देखाउन विद्यालयका विद्यार्थीहरुलाई अपील गरेका थिए ।

नेपाली सेनाले संकटको बेलामा गरेको उद्धार कार्य राहत कार्य सहयोगको भिडियो सहभागीहरुलाई देखाइएको थियो ।

राष्ट्रसेवकको नाताले नेपाली सेना आफ्नो कर्तव्य पालन गर्दै जनताका लागि अहोरात्र खटिदै आएको समेत प्रशिक्षकले बताएका छन् ।
सबै जना मिलेर राष्ट्रको पक्षमा काम गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रध्यानाध्यापक वन्देशवाल प्रताप सिंह, सह प्रध्यानाध्यापक मो. मनोवर आलम, शिक्षिका विद्या कुमारी श्रीवास्तवसहित १५० जना सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया