डिजिटल नगर प्रोफाइल निर्माण

समाचार

       

कपिलवस्तु, २८ फागुन । कृष्णनगर नगरपालिकाले सरकारले जारी गरेको नयाँ कार्यविधिअनुसार प्रदेश नं. ५ कै पहिलो डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ ।

संघीय सरकारले जारी गरेको नगर कार्यविधिअन्तर्गत कृष्णनगर नगरपालिकाको प्रोफाईल निर्माण जिम्मा पाएको रोबस्ट आईटी कन्सेप्ट्स प्रालिको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो नगर प्रोफाईलले जिपिएस पद्धतिमार्फत नगरभित्रका वस्तुस्थिति सजिलै प्राप्त गर्न सकिनेछ ।

नगरपालिका भित्रको भौतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, धार्मिक लगायत व्यक्तिगत घटना एवं नगरको चौतर्फी विकासमा टेवा पुर्याउने विषयवस्तुलाई निरन्तर अपडेट राख्न सो डिजिटल प्रोफाइल निर्माण गर्न शुरु गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् ।

प्रोफाइल परिपूर्णता दिने सम्बन्धमा राखिएको प्रमाणीकरण कार्यशालामा नगरपालिका भित्रका वडाध्यक्ष र कार्यपालिका सदस्यलगायतकाले आ–आफ्नो वरपर छुटेका विषयवस्तुबारे जानकारी गराई प्रोफाइललाई थप विश्वसनीय बनाउन नगरउपप्रमुख सबनम खातुनले आगह्र गरिन् ।

नगर कार्यपालिकाले योजना निर्माण गर्दा कुन क्षेत्रमा कति वजेट विनियोजन गर्ने भन्ने समास्या हुँदै आएका कारण प्रोफाईल बनेपछि योजनाहरु छनौटमा सरलता पुग्ने योजना अधिकृत प्रदिप कुमार चौधरीको भनाई छ ।

साथै नगरपालिका भित्रका पूर्वाधार, पर्यटकीय स्थललाई समेत संरक्षण गर्नमा टेवा पुग्छ ।

तपाईको प्रतिक्रिया