हाजीहरुको व्यवस्थापनमा कुनै कमी नहुने : अध्यक्ष मियाँ

समाचार

       

बाँके, २९ फागुन । हजका लागि जाने हाजीहरुको व्यवस्थापनमा कुनै कमी हुन नदिने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले बताएका छन् ।

बाँकेको नेपालगंजमा नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र हज समितिले संयुक्त रुपमा आयोजना गरेको हज र हाजीहरुको व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्दै हज समितिका अध्यक्ष शम्शेर मियाले विगतका समितिले गरेका गलत क्रियाकलापका कारण हज समिति माथि जनताको बिश्वास नै कम भएकोले जनगुनासो बढेको बताए ।

उनले आफ्नो नेतृत्वको समितिले कुनै प्रकारको गलत निर्णय नलिने र जनताको मन जित्न सफल हुने दाबी गरे ।

अध्यक्ष मियाले हजको कोटा बढाउने प्रयास जारी रहेको बताउँदै उनले सकारात्मक आलोचना गर्न सबैको अधिकार भएकोले गलतलाई गलत सहीलाई सही टिप्पणी गर्न अपिल गरे ।

अध्यक्ष मियाले हज यात्रीहरुलाई मक्का नजिकै राख्ने गरी टेण्डर अवहान गर्ने तयारी भएको बताए ।

तपाईको प्रतिक्रिया