इण्डो–नेपाल फ्रेण्डसिप बैडमिन्टन टुर्नामेन्ट हुँदै

समाचार

       

कपिलवस्तु, २९ फागुन । कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं. २ मा इण्डो–नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेन्ट यही चैत १ गतेबाट शुरू हुँदैछ ।

जसमा नेपाल र भारतका १४ टीमहरु सहभागी हुने अनुमान गरिएको साथै उक्त प्रतियोगिता नेपाल विद्युत प्राधिकरण कृष्णानगरको ग्राउण्डमा हुनेछ ।

प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । जसको आयोजना इण्डो नेपाल सामाजिक मंचद्वारा नेपाल र भारतको मित्रतालाई प्रगाढ बनाउनका निम्ति र खेलले व्यक्तिको मानसिक, सामाजिक र समूहमा मेलमिलाप हुने जस्ता शिपको विकास गराउन समेत उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको कुरा इण्डो–नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया