राजपाद्वारा संसद बैठक अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म चल्न नदिने

राजनीति

       

काठमाडौं, २९ फागुन । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बुधबार बैठक सुरु भएपछि राजपाका सांसदहरुले उभेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद बैठक स्थगित भएको जनाए ।

राजपाका सांसदहरुले उभेर विरोध जनाएपछि सभामुख महराले राजपाका नेता राजकिशोर यादवलाई आफ्नो भनाई राख्न आग्रह गरेका थिए ।

नेता यादवले यसअघिको बैठकमै राजपाका संयोजक महेन्द्र यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन आग्रह गरेको कुरा स्मरण गराउँदै त्यो प्रतिवेदन सार्वजनिक नभएसम्म संंसद चल्न नदिने बताए ।

सभामुख महराले यो विषयमा सरकारलाई निर्देशन दिइसकेको र त्यसका लागि केही दिनसम्म पर्खनुपर्ने राजपाका नेताहरुलाई आग्रह गरेका थिए ।

तर राजपाका नेताहरुले प्रतिवेदन सार्वजनक नभएसम्म संसदको कारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे । त्यसपश्चात् सभामुखले १० मिनेटका लागि संसद बैठक स्थगित भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया