विवेकशील साझा अन्तराष्ट्रिय सद्भाव समूहले चुन्यो मिडिया संयोजक

राजनीति

       

काठमाडौं, ३० फागुन । विवेकशील साझा अन्तराष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा ९ सदस्यीय ‘अन्तराष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ ।

अन्तराष्ट्रिय सद्भाव समितिको अंग अन्तर्गत गठन गरिएको समितिमा इजरायलबाट राम ढुंगाना, डेनमार्कबाट प्रभात किरण रहेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले गठित समितिले अन्तराष्ट्रिय जगतमा कृयाशील विभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन भूमिका खेल्ने जनाएको छ ।

त्यसैगरी यु.के. बाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दिपेन्द्र पोख्रेल र वेद प्रसाद दवाडी साथै कुवेतबाट दिपक उप्रेती चयन भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नव गठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रमहरु विभिन्न देशमा गठित सद्भाव समूहका सदस्यहरु माझ प्रचार प्रसार गर्ने कार्य गर्नेछ । नेपालमा सु–संस्कृत राजनीतिको राम्रो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीलाई परदेशमा पनि राम्रो सद्भावसँग हेरिन थालिएको छ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया