१६ लाख ९२ हजार राजस्व संकलन

समाचार

       

अजय मिश्र, कपिलवस्तु, ३० फागुन । कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्म विभिन्न सवारी साधनलाई कारबाही गरी १६ लाख ९२ हजार राजस्व संकलन गरेको छ ।

ट्राफिक कार्यलय कृष्णनगरले १७६ वटा बस बाट रु.९२०००/-, २५६९ वटा ट्रक बाट रु.१४०७०००/- , १२१ वटा जिप कारबाट रु.६३००\- , २२७ वटा मोटरसाइकल बाट १२२०००\-, १३ वटा ट्रेक्टर बाट रु.८०००/- बराबर कुल १६९२०००/- राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यलय कृष्णनगर का प्रहरी स.निरीक्षक चूडामणि पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया