आन्दोलनकै रुपमा “थारु राष्ट्रिय माघी महोत्सव” मनाइने : चन्द्र प्रसाद चौधरी

नेपालका आदिवासी भूमिपुत्र थारु समुदायले मनाउदै आएको विभिन्न चाडपर्वहरु डश्या, देवारी, अष्टिम्की, अतवारी, गुरीया, होरी÷फगुई, शिरुवा पावैन, जुरशितल, समाचकेवा, जितीया चाडपर्व मध्ये महान एवं राष्ट्रि«य पर्व माघ (माघी) हो । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रुपमा रहेको छ । बिहान भालेको डाक संगै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरी पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

माघ पर्व अर्थात् माघे संक्रान्तीको दिनलाई प्राचिन कालदेखि नेपाल तथा भारतमा बस्ने थारु समुदाय सहित विभिन्न जात जाति र समुदायले आफ्नै रितिरीवाज, चालचलन र परम्परा अनुरुप धुमधामका साथ मनाउदै आईरहेकाछन् । वर्ष दिनको जीवन निर्वाहको क्रममा आइपरेका दुःख, कष्ट, आपत, विपत झेल्दै, सहदै बाँच्न सफल भएकोमा हार्दिक मंगलमय शुभकामना आदान प्रदान, ठूलाबडाहरु बाट आशिष लिने तथा मेल मिलाप दिवसको रुपमा लिइन्छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक स्थानीय नेतृत्व चयन, समिक्षा तथा सामाजिक, सांस्कृतिक, धार्मिक महत्व रहेको मुख्य विशेषताहरु रहेका छन् ।

पूर्व मेची देखि पश्चिम महाकालीसम्मका थरुहट तराईमा बस्ने थारु समुदायले स्थान विशेषमा माघ, माघे संक्रान्ति, माघी दिवानी आदि नामले फरक फरक ढंगले मनाउदै आएका छन् । यसै क्रममा काठमाण्डौमा बसोबास गर्ने थारु समुदायले २०५८ साल देखि निरन्तरुपमा काठमाण्डौमा भव्यरुपले मनाउदै आईरहेका छन् । राष्ट्रिय अन्तर्राट्रिय स्तरमा प्रचार प्रसार गरी राष्ट्रिय स्तरमा थारु माघ महोत्सव मनाउन सकेमात्र थारु जातिको संस्कृतिको संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्दै सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पु¥याउन सकिन्छ भन्ने मान्यताका साथ ऐतिहासिक महत्व बोकेको माघी पर्वलाई थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा २०७२ साल माघ १ गते शुक्रबार खुल्लामञ्च, काठमाण्डौमा “थारु राष्ट्रिय माघी महोत्सव–२०७२ काठमाण्डौ” भब्यरुपमा आयोजना गर्न जुटेका छौं । यस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई महोत्सवमा सहभागि गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पु¥याउने विश्वास लिएका छौं ।

आदिवासी भूमिपुत्र थारु र समग्र थरुहट तराईवासीहरुको आत्मसम्मान, पहिचान, न्याय, हक, अधिकारलाई संबोधन नगरी बहुमतको दम्भमा जारी गरिएको जनविरोधी प्रतिगामी संविधानमा माग मुद्धा संबोधन हुनुपर्छ भन्दै विगत पाँच महिना देखि सशक्त संघर्षरत् थरुहट÷थारुवानको आन्दोलन प्रति सरकार रत्तिभर पनि संवेदनशील नभएको कारण यो वर्ष थारु माघी पर्वलाई हामीले काठमाण्डौ उपत्यका सहित देश व्यापीरुपमा “थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, आत्मनिर्णयको अधिकार सहित थरुहट स्वायत्त प्रदेश निर्माण” मूल नाराका साथ आन्दोलनकै रुपमा मनाउन गईरहेका छौं ।

यो महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नको लागि चन्द्र प्रसाद चौधरीको संयोजकत्वमा एकसय एक सदस्यीय थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । यस मातहत आर्थिक व्यवस्थापन (नन्दुराज चौधरी), प्रचार प्रसार (मदन चौधरी), मञ्च तथा टेण्ट व्यवस्थापन (सिताराम चौधरी), सांस्कृतिक (दिपक चौधरी), झाँकी ¥याली (राजु चौधरी), अतिथि सत्कार (सोनु थारु), स्टल व्यवस्थापन (विनय चौधरी) टिकट व्यवस्थापन (संजय चौधरी), खानपीन (दिनेश चौधरी) र फोहर व्यवस्थापन (विमल चौधरी) को संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सवलाई सम्पन्न गर्न गराउनको लागि हामीले शत प्रतिशत सबै व्यवस्थापनको कार्य सम्पन्न गरिसकेका छौं ।

यस महोत्सवका मुख्य आकर्षणका कार्यक्रमहरु थारु सांस्कृतिक झाँकी ¥याली प्रर्दशन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रदर्शनी, थारु खानपिन प्रदर्शनी एवं बिक्री बितरण, हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरण, थारु खेलकुद प्रतियोगिता सहित पाँच वटा क्षेत्रामा विशेष योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएका छन् । यस महोत्सवमा थारु खानपीन, हस्तकला, पुस्तक प्रर्दशनीका ६०/७० वटा स्टलहरु रहने छन् । फूडस्टलहरुमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डकि भात , खिचरी, तिलको लडु, लाई, भुजा, अन्डीको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुरको मासु, बंगुरको मासु, माछा, घाेंघी, सिधरा (मसुलार) बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेल्पो रोटी, झझ्रा रोटी लगायत बिभिन्न परिकारहरुको मिठो स्वाद महोत्सवमा सहभागि भएका आम जनसमुदायले सर्वसुलभ दरमा रसस्वादन लिन पाउने छन् ।

थारु माघी महोत्सव २०७२ मा थरुहट तराईको पूर्व झापा देखि पश्मि कञ्चनपुर सम्मको पौराणिक विभिन्न सांस्कृतिक नृत्य तथा गीत (सखिया, हुर्दगंवा, घुमरा, झुम्रा, छोक्रा, दिन्नचुवा, मघौटा, रागनी, बडोनाच, होरी, झर्र्रा, लठ्हवा, बर्कानाच, मुग्रंहवा सहित करिब चार दर्जन नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुत गरिने छ । नृत्य तथा गायनमा भाग लिन र हेर्नको लागि सहभागि समुह र दर्शकहरु निःशुल्क रुपमा भाग लिन पाउनेछन् ।

हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका बिभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिने छ । साथै हस्तकलाका सामग्रीहरु भेषभुषाः गोन्या (गुन्यु) चोल्या (चोलो), धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागि भएकाहरुले मन पराएका हस्तकला तथा पुस्तकहरु निश्चित दरमा खरिद गर्न सक्नेछन् ।

झाँकी ¥याली प्रर्दशन माघ १ गते थारु संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानर सहित भृकुटीमण्डप प्राङ्गणमा बिहान ठिक १० बजे जम्मा भएर बृहत झाँकी ¥याली प्रदर्शन गर्दै टुँडिखेल लाई एक फन्को लगाउने गरी खुल्लामञ्चमा आयोजना गरिएको मूल समारोहमा सरिक हुने छ । यस महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब साढे तेह्र लाख रुपैया खर्च हुने अनुमान गरेका छौं । यस महोत्सवको लागि व्यापकरुपमा प्रचार प्रसार गर्नको लागि अफिसियल मिडिया प्रायोजक थारुवान डटकम, थारु कम्यूनिटी फेसबुक पेज, थारु न्यूज डटकम अफिसियल व्यवस्थापन प्रायोजक सर्वहित समाज दांग देउखुरी र थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च काठमाण्डौ रहेका छन् ।

अन्त्यमा थारु राष्ट्रिय माघी महोत्सव २०७२, काठमाण्डौ लाई भव्यरुपमा सफल बनाउन सम्पूर्ण पत्रकार, आदिवासी थारु, जनजाति, उद्योगपति, व्यापारी, पेशागकर्मी, व्यवसायी, मजदुरवर्ग, महिला, लगायत यूवा, विद्यार्थीहरुमा हरतरह सहयोगको लागि हार्दिक अपिल गर्दछौं । धन्यवाद । मिति ः २०७२/०९/२८


.................................
चन्द्र प्रसाद चौधरी
(संयोजक)
थारु राष्ट्रिय माघी महोत्सव
मूल आयोजक समिति २०७२, काठमाण्डौ

थारु राष्ट्रिय माघी महोत्सव २०७२, काठमाण्डौका आयोजक संस्थाहरु


१) थारु विद्यार्थी समाज, केन्द्रीय समिति
२) बर्दियाली थारु विकास मञ्च काठमाण्डौ
३) सर्वहित समाज नेपाल, दाड्ड÷देउखुरी
४) चम्पन सांस्कृतिक समाज
५) थारु विद्यार्थी समाज उपत्यका समिति, काठमाण्डौ
६) थारु बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र नेपाल
७) थारु आदिवासी गैरसरकारी संस्था महासंघ
८) सोना फिल्मस् प्रा. लि.
९) थारु आर्टिष्ट समाज
१०) थारु महिला जागरण केन्द्र नेपाल
११) कैलाली कञ्चनपुर मैगर थारु विकास मंच
१२) थारु युवा परिवार
१३) थारु पत्रकार संघ, नेपाल
१४) थारु युवा स्वयंम सेवक
१५) निसराउर बचत समुह
१६) थारुवान डट कम
१७) थारु कम्युनिटी फेसबुक
१८) हमार पहु“रा
१९) माघी बचत समुह
२०) थारु युनिक बचत समुह
२१) बुकी कृषि सहकारी लि., बर्दिया
२२) साली भाटु समुह कैलाली
२३) थारु कला संस्कृति विकास मञ्च
२४) थारु कम्यूनिटी डटकम
२५) थार एराउड दि वल्र्ड

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com