मिथिलाञ्चलको ऐतिहासिक माध्यमिकी परिक्रमा सुरु

जनकपुरधाम, २५ फागुन । मिथिलाञ्चलका ऐतिहासिक धार्मिक सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा मंगलबारदेखि बिधिवत रुपमा शुरु भएको छ । धनुषाको ठेरा कचुरी गाबिसमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्कने रामसीताको डोला र जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस परिक्रमा यात्रामा हजारौं श्रद्धालु सहभागी भएका छन् । उनीहरु बुधबार बिहान भारतको कल्यानेश्वर पुग्नेछन् । त्यहाँ विश्रामपछि सहभागीहरु भारतकै गिरिजास्थान, नेपालको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वर, पर्वता, धनुषाधाम, औरही, करुणा, विशौल हुदै फेरि कलानेश्वर र फागु पुर्णिमाको दिन जनकपुर फर्किने छन् ।

हरेक वर्ष हुने परिक्रममा भक्तजनले १५ दिनमा नेपालको १ सय ५ र भारतको २८ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरुको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पूण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com