तमलोपाको प्रथम महाधिवेशन एवं मधेशका मुद्दाहरू (विचार)

डा. सुरेन्द्र कुमार झा

नेपाल एउटा बहुराष्ट्रिय राज्यको परिकल्पना अनुरूप राज्यको बनावट बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय एवं विविधतायुक्त हुन सकेन । विगत २५० वर्षको राजनीतिक इतिहास हेर्ने हो भने जस्तासुकै शासन व्यवस्था भएपनि केही सीमित जातहरू वा एउटा खास वर्गको हालिमुहाली रह्यो राज्यको बनावटमा । जसको परिणामस्वरूप देशको दुई तिहाई जनता खास गरेर मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक समुदाय बहिष्करणमा परे, विभेदमा परे र शासित एवं शोषित भए ।

यी समुदायहरूको एउटा बुझाई के थियो भने देशमा लोकतन्त्र आयो भने यो समस्याहरूको निराकरण स्वतः हुनेछ तर वास्तविकता भिन्न रह्यो जनआन्दोलन–२ पश्चात पनि सत्ताको बागडोर सम्हाल्न पुगेका पार्टीहरू वा तिनका नेताले विधिको शासनको खिल्ली उडाउँदै अन्तरिम संविधानमा लेखिएका कतिपय सहमति भएका कुराहरूलाई उल्टाइदिए र प्रतिगामी संविधान जारी गरे । फलस्वरूप देशको विभिन्न क्षेत्रमा आन्दोलन भई राखेको छ ।

देशको आधा जनसंख्या भएको मधेश विगत ९ महिनादेखि आन्दोलनरत् छ । सरकार सांघातिक आक्रमण गर्न तमतयार देखिन्छ । विगतमा पनि मधेशका वीर योद्धाहरू जो लोकतन्त्रका लागि लड्दै थिए शान्तिपूर्ण तरिकाद्वारा तिनलाई हत्या गरे । ६० जनाले सहादत दिए, ४ दर्जनभन्दा बढी घाइते भए र सयौं नेता तथा कार्यकर्ताहरू जेल गए । लोकतन्त्रको आधारशिला नै विविधतामा एकता हो । मधेश आन्दोलन तेस्रोको यस्तो प्रकारको सरकारको दमनलाई सारा दुनियाँले विरोध गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टी समानता, समतामूलक समाज निर्माण गर्न, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न तथा आर्थिक समृद्धि सहितको सक्षम एवं स्वायत्त मधेश प्रदेश लगायतको अन्य प्रदेशहरू स्थापनार्थ गणतन्त्रात्मक लोकतान्त्रिक समाजवादको सिद्धान्त अनुरूप २०६४ पौष १३ गते आदरणीय नेता श्री महन्थ ठाकुरको अध्यक्षतामा स्थापना भएको थियो । पार्टीको स्थापना “मधेशमा वृहत् राजनीतिक शक्तिको निर्माण र सत्ता होइन प्रभु सत्ता” को प्राप्तिका लागि भएको छ ।

यस सन्दर्भमा नेपाल राज्यसँग मधेशी जनअधिकार फोरम नेपालसँग भएको २२ बुँदे सम्झौता र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा (जसको एक घटक तमलोपा पनि हो)सँग भएको ८ बुँदे सम्झौता गराउन पार्टी र नेता महन्थ ठाकुरको भूमिका प्रशंसनीय देखिन्छ । तमलोपाको स्थापना आन्दोलनको गर्भबाट आन्दोलनकै लागि भएको हो जस्तो लाग्छ । प्रथम मधेश आन्दोलन जो स्वस्फूर्त जनताको अभिव्यक्ति थियो, तुरून्त पश्चात् तमलोपाको स्थापना भएको हो ।

यसमा ठूलो संख्यामा मधेश आन्दोलनका अगुवा कार्यकर्ता नेताहरूको प्रवेश भयो । मधेश आन्दोलन दोस्रोमा पार्टी बनिसकेको थियो र आन्दोलनमा एउटा पक्षको रूपमा स्थापित भयो । तत्पश्चात् प्रथम संविधान सभामा नेपालको पाँचौं ठूलो दल भयो । पार्टीले संविधानसभा र विभिन्न समितिहरूमा सन्तोषजक रूपमा कार्य सम्पादन ग¥यो । लोकतन्त्रको लिकमा देशलाई डो¥याउने कार्यमा श्री ठाकुर मियोको रूपमा रहे । विगत ८ वर्षमा राष्ट्रिय राजनीतिक शक्तिहरूमध्ये तमलोपा पनि एउटा शक्तिकेन्द्रको रूपमा स्थापित भयो ।



संविधानसभा दोस्रोमा मधेशको सबभन्दा ठूलो दल बन्न सफल रह्यो (मधेश मात्रको मतअनुसार) । मधेश आन्दोलन तेस्रोको वैचारिक नेतृत्व तमलोपाले गर्न सफल रह्यो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्माण र निरन्तरतामा तमलोपाको योगदान अतुलनीय रह्यो । तमलोपाका नेता श्री महन्थ ठाकुरको अभिभावकत्व मोर्चाभित्र र मधेशभरि सबैले स्वतः स्वीकार गरे । मधेशको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नमा ठाकुर जीको लामो राजनीतिक अनुभव, त्याग, विश्वसनीयता एवं दृढताको विशेष योगदान रह्यो ।

देशको विगत एक दशकको राजनीतिक यात्राको विश्लेषण गर्ने हो भने धेरै विकृत्ति–विसङ्गतियुक्त रह्यो । सत्ता आरोहन एक मात्र सिद्धान्त बन्यो राजनीतिक दलहरूको । यो विकृत्ति विसङ्गतिहरूबाट अछुत तमलोपा पनि रहेन । पार्टी फुट्यो श्री महेन्द्र रायको नेतृत्वमा जो सबभन्दा नराम्रो घटनाको रूपमा लिन सकिन्छ । हुन त फुटेर जाने साथीहरू त्यो फुटको औचित्य साबित गर्न सक्नु भएन ।

अहिले मधेशमा एक प्रकारको निरासा छ । शोकाकुल अवस्थामा मधेश छ । मधेशमा विद्रोहको मनोविज्ञान देखिन्छ । शान्तिपूर्ण आन्दोलनप्रति जनताको विश्वास घट्न लागेको छ । अर्कोतिर देश अतिवादी, फाँसीवादी, दक्षिणपन्थी, राजावादीहरूको अप्राकृतिक गठबन्धनको चङ्गुलमा फसेको अवस्था छ । एक जातीय/नश्लीय राष्ट्रवादमा रमाउनेहरू सत्तासीन भएको अवस्था छ । यस्तो विशेष परिस्थितिमा तराई–मधेश लोकतान्त्रिक पार्टीले प्रथम महाधिवेशन नवलपरासीको रामग्राममा गर्ने निर्णय गर्नु आफैमा एउटा विद्रोहको सन्देश दिनु हो कि मधेशलाई टुक्र्याउन पाइँदैन र मधेशको भूमि पहाडमा राख्न पाइँदैन ।

अर्कोतिर पूर्व झापादेखि पश्चिमको कञ्चनपुरसम्मको मधेश एक हो भन्ने सन्देश प्रवाह गरेको छ । महाधिवेशनको मूल नारा “संघर्ष समानता एवं सम्मानका, मधेश राष्ट्र की पहचान का” तय गरेको छ । यसले असमानता हटाउने, विविधतालाई सर्वस्वीकार्य बनाउने र नेपालको सबभन्दा पूरानो वास्वतमा नेपालभन्दा पनि पूरानो मधेशको सम्भयता(विराट, मिथिला र लुम्बिनी)लाई पुनर्जागरण वा पुनरूत्थानको बाटोमा मधेशलाई अग्रसर पार्ने महानतम् उद्देश्य अनुरूप पार्टीले नीति तथा कार्यक्रम तय गर्नुपर्दछ ।

राष्ट्रिय एकता बलियो एवं समावेशी हुने गरी तथा विविधतालाई लोकतन्त्रको आधारशिला बनाउने गरी राजनीतिक दस्तावेज निर्माण गर्नुपर्दछ । साथै सांगठनिक संरचना चुस्त–दुरूस्त, मधेशको विविधता झल्किने, महिला, दलित, मुस्लिम एवं अल्पसंख्क मैत्री हुने गरी पार्टीले विधान निर्माण गर्नुपर्दछ । खासमा सक्षम, इमान्दार र युवा नेतृत्व आउने गरी घनिभूत छलफल गरेर सर्वस्वीकार्य नेतृत्वपंक्ति चयन गर्न सक्नुपर्दछ ।
सबभन्दा महत्वपूर्ण जारी आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउन ठोस निर्णय (नीतिसहित) लिनुपर्दछ । मधेशमा व्याप्त निरासा, शोक, क्रोध एवं क्षोभलाई समाप्त पार्ने खालको कार्यक्रमहरू तय गर्नुपर्दछ । अन्त्यमा देशभरका पार्टीपंक्तिको मित्रगणलाई महाधिवेशन एकदम भव्य, मर्यादित एवं अनुशासित रूपमा सुसम्पन्न गर्दै ‘क्भाि कभभिअत यगत उचयअभककु सिद्धान्त अनुरूप नेतृत्वको सहज विकासको निमित्त आफूभन्दा अनुभवी, सक्षम, सवल एवं योग्य मित्रलाई स्वस्फूर्तरूपले आफ्नो नेता स्वीकार गर्ने परम्पराको थालनी गर्न निवेदन गर्दै महाधिवेशनको सफलताको कामना गर्दै शहीदहरूप्रति हार्दिक श्रद्धञ्जली अर्पण गर्दछु ।
जय तराई जय मधेश
(लेखक, तमलोपाका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बुद्धिजीबी संघका महासचिव हुन् ।)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com