भोजपुरीया दंबगको शुटिङ्ग तीव्र गतिमा हुँदै

वीरगंज, ९ भाद्र । शेर खान अभिनित भोजपुरी चलचित्र भोजपुरीया दबंगको छायांकन वीरगंजमा तीव्र गतिमा भइरहको छ । नौ वटा गीत रहेको भोजपुरी फिल्मको छायांकन हाल वीरगंज स्थित सुख्खा बन्दरगाहमा भइरहेको छ ।

सभ्य र भयरहित समाज निर्माणमा प्रहरीले खेल्ने भूमिका तथा समाजमा भइरहेको तस्करी, कालाबजारी, देह व्यपार लगायत क्षेत्रमा ठुलठुला नेता व्यापरी लगायत प्रहरीको संलग्नता लगायत कथा बस्तु चलचित्रमा समावेश गरिएको चलचित्रका सहनिर्माता शशी गुप्ताले बताए ।

कुल ४५ लाखको लागतमा निर्माण भइरहेको फिल्मको निर्मातामा मुन्ना सर्राफ, शेर खान र शशि गुप्ता रहेका छन् । ब्लायक चिली ईन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको चलचित्रको निर्देशन एन आर घिमिरेले गरेका छन् भने चलचित्रमा मुख्य कलाकारहरु शेर खान, छठु यादव र शशी गुप्ता , जानवी बस्नेत ,सुनीता कारा केसी ,निम्सी रहेका छन् ।

यसैगरी अन्य कलाकारहरुमा धर्मेन्द्र पटेल , पंकज सर्राफ, बिमल सर्राफ, रजनीकान्त ठाकुर, मोहव्बत खान, बिरेन्द्र ठाकुर, राज कुन्द्रे , सलौनी बिष्ट , अर्यान साह बिशेष अतिथी मुकेश गुप्ता राजाबाबु सर्राफ ,दिलिप सहनी, द्धन्द निर्देशक श्री श्रेष्ठ लगाएत रहेका नायक खानले बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com