भाद्र १५ : वीरगन्जमा शोक दिवस (विचार)

ओमप्रकाश सर्राफ

आज भदौ १५ गते अर्थात वीरगन्जका लागि शोक दिवस । गत वर्ष आजैको दिन मधेश आन्दोलनको क्रममा नश्लवादी शासकद्वारा अधिकारका लागि शान्तिपूर्ण संघर्षको दौरान सडकमा ओर्लेका निहत्था वीरगन्जका वीर योद्धालाई छाती र टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो । गत वर्ष श्रावण ३१ गतेबाट थालिएको तराई मधेश आम हडताल वीरगंजमा भाद्र १३ गतेदेखि झनै सशक्त भएको थियो ।

वीरगंज बाइपास नगवा सडकखण्डमा शान्तिपूर्ण, मर्यादित तवरले सभा गरिरहेका आन्दोलनकारी माथि प्रहरीले आक्रमण गरि आन्दोलन लाई झडपमा परिणत गरेको थियो । दिनको उतरार्धमा सुरु भएको झडप राती अबेरसम्म चली नै रहयो र प्रहरीको बुट, आँसु ग्यास, गोली, लाठी आन्दोलनकारीका लागि उपहार स्वरुप पस्किदै थियो । जसको क्रममा करिब दुई दर्जन नेता, कार्यकर्ता घाइते पनि भए । नगवा बाइपास क्षेत्र सो बेला रणभूमीमा परिणत भएको साक्षी म स्वयं पनि थिए ।

१३ गतेको प्रहरीले दमनको आक्रोशमा १४ गते पर्साका गाउँ–गाउँ र बाराका वीरगंजसँग जोडिएका टोल टोलबाट लाखौं जनता सडकमा ओर्लिन सुरु गरिसकेको थियो । जसले मधेशी दाजु भाईको बिचमा एउटा अलौकिक एकताको परिदृस्य कोरेको थियो । लाखौं आम जनता सडकमा ओर्लेको अवस्थामा बैक फुटमा देखिएका स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्यो ।

तर आफ्नो अधिकार, पहिचान र स्वभिमान प्राप्तिको सपथ खाएका वीरगंजका वीरहरु निहत्था जुलुस नारा नामक हतियार द्वारा प्रहरीको आँसु ग्यास, लाठी र गोली को सामना गरिरहे । सत्य, न्याय र समनाताको महाभारतमा मधेशीसँग कृष्ण त थिएन तर सालिनता, धैर्य र साहस कवछको रुपमा काम गरिरहेको आभाष हुन्थ्यो ।



सो दिनको उतरार्धमा प्रहरी दैत्यरुपि शक्तिको प्रतिभा देखायो र युवा, होनहार इन्जिनियरिङका विद्यार्थी दिलिप चौरसिया आफ्नो भावी पिढिको उज्वल भविष्यका लागि वीरगती प्राप्त गरे । सो दिन पनि ५० भन्दा बढी आन्दोलनकारी घाइते पनि भए । भाद्र १५ गते दिलिप चौरासीयाको हत्या र प्रहरी दमनको विरुद्ध एवं मधेश आन्दोलनको समर्थनमा बिहानैदेखि गाउँ–गाउँबाट मानवको लस्कर वीरगंज सहरमा पुगे आतुर देखिन्थे । कर्फ्यु आदेशको वास्ता नै नगरी कि अधिकार देउ कि मृत्यु देउ भन्दै लाखौं जनता सडकमा ओर्ले ।

वीरगंजका वीर जवानहरु मोर्चा सम्हालेका थिए । मधेशको माग पूरा गर, प्रहरी दमन बन्द गर, भन्ने नाराहरु घन्काउँदै पुरै शहरमा जुलुस र्याली निकाल्दै थिए । तर, प्रहरीको दैत्य चरित्र पराकाष्ठा नै नाघेर युवा आन्दोलनकारी धर्मराज सिंहको टाउकोमा, दिनानाथ साह र जयप्रकाशलाई छातीमा गोली हानी वीभत्स हत्या गरे । सोही दिनको उतरार्धमा सोहन कल्वारको टाउको उडायो ।

स्थानीय प्रशासनको नरसंहारले शोकाकुल भएका वीरगंज आज पनि शोकमै छ । अधिकार प्राप्ति बिनाको सहादत खेर जाने चिन्ता आज पनि वीरगन्जबासीमा छ । शहीद परिवार सहादतको परिणामको प्रतीक्षामा छन् । सहिदका आमाहरू आफ्नो पुत्रको सहादतको हिसाब माग्दै छन् । शहीदका सन्तानहरु नयाँ बिहानीको खोजीमा छन् । वीरगंजका वीर सहिद योद्धाहरुहरुको आत्मा मधेश मुक्तिका लागि प्रतीक्षारत छन् । मधेशको अधिकार, पहिचान एवं स्वाभिमान प्राप्ति नै वीर सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com