असोज ३ गते कालो दिन किन ? (विचार)

सरोज राय

हामीलाई संविधान चाहिदैन ! यस्तो भन्ने शायद यस देशमा कोई नेपाली छैन । संबिधान सबै नेपालीलाई चाहिएको हो तर जारी भएको संविधान सबै नेपालीको भावना अनुरुप भएन। देशका दुई तिहाइ जनता आज पनि आफ्नो अधिकार सुनिश्चित गराउन निरन्तर संघर्षरत् रहेको छ।

यता देशको प्रमले र सत्ता साझेदार दलहरुले पनि मानेको छ कि जारी भएको संविधान अपूर्ण रहेको छ र चांडै नै संसोधन प्रक्रिया बाट पूर्ण गरिन्छ तर प्रमको भनाइ बोलीमा मात्र सिमित रहेको देखियो, व्यवहारमा लागु भएन।

सत्ता पक्षले गरेको सहमतिलाई कार्यव्यन गराउन दवाब दिन कै निमित अशोज ३ गते मधेशी समाज द्वारा माइतिघर मण्डेलामा शान्तिपूर्ण सांकेतिक विरोध कार्यक्रम आयोजना हुन गईरहेको छ।



यो सांकेतिक विरोध कार्यक्रम कुनै जात, समुदाय, व्यक्ति विशेष, पार्टी, संघ-संस्था आदि को विरोध मा नरहेर विशुद्ध रुपमा आफ्नो अधिकार सुनिश्चित गराउनको लागि र विभेदित संविधानलाई विरोध गर्नको निमित हुन् लागेको छ।

राम्रो काम गर्ने महात्मा गान्धी, अब्राहम लिंकन, बेनजिर भुट्टो, राजीव गान्धी, राजा वीरेन्द्र, मदन भण्डारी, भीमदत्त पन्तको हत्या गरियो । गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, लखन थापालाई फाँसी दिईयो । नेल्सन मण्डेलालाई २५ बर्ष जेल हालियो, बिपी कोईरालालाई २२ बर्ष जेल हालियो, आङ साङ सु की, पुष्पलाल, गणेशमान सिंहलाई बर्षौसम्म नजरबन्द र जेल हालियो ।

देवकोटा, गोपाल प्रसाद रिमाल, भूपी शेरचनलाई पागल घोषणा गरियो । त्यसैले आफूअनुकुल भएन भनेर तथानाम गाली गर्ने जन्मजात अन्धभक्त विरोधीहरूको पछि नलागौं । यसले उनीहरूको हैसियत र पृष्ठभूमी देखाउँछ । देश र जनताको हितका लागि सत्य बोल्न नडराऔं, किनकि सत्य बोल्ने न्यूटन, ग्यालिलि, आईस्टाईन, डार्बिन, मेण्डल, स्टेफन हकिंन्सलाई पनि अनेक यातना दिईयो, देशद्रोही घोषणा गरियो । तर सत्य बुझ्दै गएपछि पुरै संसार उनीहरूकै पछि लाग्यो।

हाम्रो सत्यको लडाईमा तपाई सबैको साथको आवश्यकता छ। देशले शान्ति र विकाश खोजेको छ तर आफ्नै देशको जनतालाई पेलेर, उनीहरुको अधिकार कुण्ठित गरेर कहिले पनि देश समृधिको बाटोमा जान्दैन।

निर्दोष जनताको रगतबाट लेखिएको विभेदित संविधानको विरोधमा विश्वभरिकै उपेक्षित जनताहरले अशोज ३ गतेलाई कालो दिन मार्क गरि पहिलो वार्षिकोत्सवको रुपमा विरोध स्वरुप विभिन्न दवाबमुलक कार्यक्रमहरुको आयोजना गर्न गईरहेको छ।

असोज ३ गते कालो दिन र ब्लाक आउट किन? वारे गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेको छ:

शहिदहरु को रगतले रक्त रन्जित संविधान पुर्न रुपमा अस्विकार गर्न र बहुसंख्यक जनताको पहिचान सहितको संविधान स्थापित गर्न !

१.समानता मुखले होइन ब्यभहार र संविधान मा स्थापित गर्न !

२.समाबेसी मात्र होइन समानुपातिक समाबेसी संबिधानको धाराहरुमा लेखन दवाब दिन !( राज्यको सबै अंग र तहमा)

३.सिमाङ्कन राज्य पुनर्संरचना आयोगले ल्याएको ११ प्रदेसको अबधारना अनुसार गर्न दबाब दिन !(जस्ले बहुजातीय रास्ट्रयता र पहिचानलाइ समेटन सक्छ!)

४.सबै खाले नस्लवादी षडयन्त्रहरु को अन्त गर्न !

५.एकल जातिय बर्चस्व,भाशा,भेषलाई आधार मानेर राज्यको पुनर्संरचना गर्ने नस्लवादी शासकीय मानसिकता मा पुर्नबिराम लगाउन !

६.समान जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने राज्यको सबै तहमा निर्वाचन क्षेत्र कायम गर्न दबाब दिन !(कहिँ ५००० र कहिँ ५००००० होइन)

७.प्रचण्ड सरकार ले गठबन्धन संग गरेको ३ बुंदे सहमति तत्काल कार्यान्वयन गर्न दबाब दिन !

८.हाम्रो मांग सम्बोधन नभए सम्म हाम्रो आन्दोलन जारी रहन्छ र जारी छ ! 

९.२०७३/०६/३ गते देसका सबै जिल्लामा कालो दिवस,ब्लाक आउट तथा गा बि स र नगरपालिकाहरुमा कालो झणडा गाडने र कालो झणडा ब्यानर सहित सबै जिल्लाका सदरमुकामहरुमा बिरोध प्रदर्शन गर्ने गठबन्धन ले निर्णय गरेको छ! उक्त निर्णय कार्यान्वयन गर्न गराउन !

१०.अधिकार प्राप्तिको संघर्षमा शहादत प्राप्त गर्नु भएका माहान शहिदहरुको यादमा असोज ४ गते सबै जिल्लाका सदरमुकामहरुमा श्रद्धान्जली सभा गरि थप उर्जा प्राप्त गरि संगठित भइ आन्दोलनकालागी तैयार रहन !

११.मुलुकको भावनात्म एकीकरण गर्दै सम्पुर्ण उत्पीडन बाट मुक्ति दिलाउन र पहिचान सहितको संघिय गणतन्त्र नेपाल स्थापित गर्न! 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com