हिन्दी म्युजिक भिडिओ ‘तेरे मेरे दरमिया’को विमोचन

वीरगंज, १ असोज । हिन्दी म्युजिक भिडिओ तेरे मेरे दरमियाको एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । वीरगंज माईस्थानमा रहेको क्याण्डी सप रेष्टुरेन्टमा वीरगंजका स्थानिय गायक अशोक प्रधानले सो म्युजिक भिडियोको बिमोचन गरेका हुन् ।

सप्तरी जिल्ला राजबिराज निवासी अशोक आर्यन यादवको मुख्य भुमिका रहेको म्युजिक भिडियोमा नायिका मलिका चौलागाई, सहयोगि कलकारमा राज रोकाया रहेका छन् । त्यसैगरी म्युजिजको निर्देशक र छायाँकन रन्धीर श्रेष्ठले गरेका छन् भने निर्माता दिपेन्द्र यादव रहेका छन् । यसैगरी भिडिओमा भन्टु यादवको स्वर र शब्द रायन कायस्तको रहेको छ ।

भिडिओको लागि फोटो ग्राफिक्स र सह छायाँकन बिकास प्रजापति र मेकअपमा चन्द्र गुरुङ्ग र संतोषले गरेका छन् । लारेव बावलाको संगीत र अशोक आर्यन यादवको कथा रहेको भिडिओको छायाँकन काठमाडौं र वीरगंजका बिभिन्न ठाँउमा गरिएको छ ।

ईनोसेन्ट हर्ट नामक एलबमा रहेको गीत तेरे मेरे दरमिया को बिमोचनमा बोल्दै नायक यादवले एल्बममा रहेका अन्य गीतहरु चाँडै नै बजारमा ल्याउने बताएका थिए । साथै यादवले सोमबार संगस नेपाल मार्फत यु ट्युवमा गीत उपलब्ध हुने जानकारी दिए ।

बिमोचन कार्यक्रममा कान्तिपुरका शंकर आर्चाय, प्रतिक दैनिकका राधेश्याम पटेल, जनसृष्टिका युवराज खड्का, वीरगंज टिभिका दिपेश श्रेष्ठ, समाजसेवी कमल चौलागाई, मार्टिन मोक्तान, गायक अशोक प्रधान, स्थानिय कलाकार आनन्द चर्तुवेदी, युवराज केशसरी, माउन्टे टेलिभिजनका राजन रौनियार, रोयल ईन्टरटेन्मेन्टका बिजय ठाकुर , विईङ्ग हुमेनका तनवीर आलम लगायतको उपस्थिती रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com