१०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

गोवा (भारत), १ कार्तिक । १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आइतबार सम्पन्न भएको छ । घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स मुलुकबीच व्यापारलाई अगाडि बढाउन सहयोग गर्ने उल्लेख छ ।

विमस्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउने, यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्र रुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने सो घोषणापत्रमा उल्लेख छ ।

ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनले जारी गरेको यस घोषणापत्रमा बिम्स्टेकसँगको आउटरिच सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसरका रुपमा उल्लेख गरिएको छ । बिम्स्टेकमा भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलंका, बंगलादेश, नेपाल र भुटान छन् ।

साथै, १०९ बुँदे घोषणापत्रमा सबै खालका आतंकवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतंककारी हमलाको पनि निन्दा गरिएको छ । सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न सहमत देखिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com