वीरगन्जका मोडेलको ‘म जुन तिमी तारा’ म्युजिक भिडिओ आउँदै

वीरगंज, १ कार्तिक । वीरगंजका मोडेल युवराज केसरीको नयाँ नेपाली म्युजिक भिडिओ ‘म जुन तिमी तारा’को छायाँकनको प्रारम्भिक कार्य शुरु भएको छ । केसरीले यसअघि चार वटा म्युजिक भिडिओ गरिसकेका छन् ।

पाँचौ म्युजिक भिडिओ तिहार र छठ पर्वको उपलक्ष्यमा बजारमा ल्याउने तयारी भइरहेको निर्माता निरविक्रम कार्कीले बताएका छन् । वीरगंजका चर्चित मोडलहरुसँग युवराजले खेलेको मायालु तिमीमा भारती गुरुङ्ग, जिन्दगीमा प्रिया क्षेत्री, तिमीलाई देखेर कास्मा अधिकारी, तिम्रो खुशीमा श्रेया मानन्धरका साथ सफलता पुर्व कार्य गरि र पाँचौ म्युजिक भिडिओ मोनिका श्रेष्ठका साथ छायाँकन कार्य शुरु गरिएको कोरीयोग्राफर एवं निर्देशक बिजय ठाकुरले बताए ।

२०१४ मा वीरगंज मोडेल भएका युवराज केसरी विभिन्न ईभेन्टहरुमा फैसन शो, व्युटि प्रेजेन्ट प्रतियोगिता र निर्णायकको भुमिका समेत गरिसकेका छन् । म जुन तिमी तारा म्युजिक भिडियोको वीरगंज, सिमरा र जितपुरमा सुटिङ्ग गर्ने सहायक निर्देशक एवं क्यामरा मैन बिकास गुरुङ्गले बताए । म्युजिक भिडियोमा मैकअप म्यान धिरेन्द्र ठाकुर र गायक अनुप तिवारी रहेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com